Headlines News :
Home » , » फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !

फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !

Written By Gaurab Shrestha on Saturday, April 13, 2013 | 6:57 AM


फेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला सोमबार अकस्मात् फैलियो – विक्रम संवतको नयाँ वर्ष अर्थात् २०७० वैशाख १ गतेदेखि नेपालमा फेसबुक बन्द हुने। कारण ? नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले रे। सामाजिक सञ्जालका साइटहरुमा हल्ला फैलन धेरै बेर लाग्दैन। अलिकति दिमाग पनि नलगाई मान्छेहरुले भटाभट सेयर र मेन्टमा गाली गर्न थाले यो हल्लामा। तर जसले यो हल्ला फैलाएको हो, ऊ स‍ंकटमा पर्ने निश्चित छ। किनभने हल्ला फैलाउनेले रमाइलोका लागि गरेको भन्न पाउने स्थिति छैन। उसले नेपाल सरकारको छाप र सूचना तथा सञ्चार मन्त्रीको दस्तखतसमेत कीर्ते गरेको छ। फेसबुकका विभिन्न पेज र व्यक्तिहरुले यसलाई सेयर गरेका छन्, उनीहरु पनि आपत्‌मा पर्न सक्छन्। 
fakebook1
सरकारी छाप र दस्तखत कीर्ते गर्नेलाई एक वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ। यो त अझ नरम प्रावधान भयो। फेसबुकबाट यस्तो काम गरेकोले उसलाई विद्युतीय कारोबार ऐन अनुसार पनि कारबाही हुनसक्छ। यो ऐन अनुसार यसरी गैरकानुनी काम गर्नेलाई एक लाख जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्छ।
फेसबुकमा यस्तो हल्ला फैलिएपछि जसको कीर्ते हस्ताक्षरसहित यस्तो हल्ला फैलाइएको हो, अर्थात् सञ्चार मन्त्री माधव पौडेलका प्रेस सल्लाहकार मातृका पौडेलले फेसबुकमै यस्तो हल्ला निराधार भएको भन्दै त्यस्तो अफवाह फैलाउनेलाई साइबर अपराधमा कारवाही गरिने बताएका छन्।
matrika
तपाईँ के गर्न सक्नुहुन्छ ?
यस्ता हल्ला पहिले पनि चल्ने गर्थे, अहिले पनि चलिरहेका छन्। सामाजिक सञ्जालका साइटहरुको सदुपयोग गरेर फाइदा उठाउनुको सट्टा दुरुपयोग गरेर दुःख दिने काम गर्ने यस्ता प्रवृत्ति भएका परपीडकहरुबाट कसरी बच्ने त ?
-जुन पेज र व्यक्तिले यस्ता हल्ला फैलाएका हुन्, त्यस्तो पेजलाई अनलाइक र व्यक्तिलाई अनफ्रेन्ड गरिदिने। हरेक पेजको दायाँ छेउमा अनलाइक गर्ने विकल्प रहन्छ।
-सूचनाको स्रोतसम्म पुग्ने : यस्ता अविश्वसनीय कुरा फेसबुकमा आएमा सेयर वा कमेन्ट नगरी सूचनाको स्रोतसम्म पुग्न कोशिश गर्ने। जस्तै यो हल्लामा सूचना तथा सञ्चार मन्त्रालयको हवाला दिइएको छ। त्यसो हो भने सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक साइट moic.gov.np मा गएर यस विषयमा सूचना खोज्ने। आधिकारिक साइट थाहा नभए गुगल गर्ने वा सामाजिक सञ्जालकै प्रयोग गरी अरु साथीहरुलाई सोध्ने।
-गल्तीले यस्तो कुरा सेयर गरिहालेको भए डिलिट गरिदिने।

Via- Mero Sansar
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger