Headlines News :
Showing posts with label Recent News. Show all posts
Showing posts with label Recent News. Show all posts

खोला तारेको पाँच हजार


खोला तारेको पाँच हजार

  • पुल-पुलेसा नहुँदा फस्टाएको खोला तार्ने व्यवसाय

महिला तथा बालबालिका जिल्ला कार्यालयमा कार्यरत आफ्नी पत्नी गीतालाई मोटरसाइकलमा राखेर दैलेखबाट सुर्खेत हुँदै जाजरकोट पुर्‍याउन वसन्त श्रेष्ठलाई गाह्रै पर्‍यो। मोटरसाइकलमा हालेको इन्धनबाहेक उनले ४ हजार ६ सय रुपियाँ थप खर्च गरे। सल्लीबजार-जाजरकोटको ६३ किलोमिटर सडकखण्डमा पर्ने खोला तर्न उनले यो रकम खर्चेका हुन्। उनले नौवटा खहरे खोलामध्ये तीनवटामा त मोटरसाइकल र श्रीमतीलाई आफैँले तारे। तर, ६ वटामा स्थानीय युवाको सहयोग नलिई धरै पाएनन्।

श्रेष्ठ दम्पती मात्रै नभई सुर्खेतका आठ गाविस, सल्यानका सात गाविस र जाजरकोट जिल्लावासीको साझा समस्या हो यो। वर्षा याममा यात्राका क्रममा जोखिम र कष्टको त कुरै छाडौँ, आर्थिक भारका दृष्टिले समेत उत्तिकै महँगो साबित हुन्छ, यो बाटो। श्रेष्ठ भन्छन्, "चार घन्टाको बाटो काट्न १८ घन्टा लाग्यो।" उनका भनाइमा स्थानीय युवाले मोटरसाइकललाई खोला तारििदएबापत पाँच सयदेखि एक हजार रुपियाँसम्म ज्याला लिन्छन्। यात्रु तारेको चाहिँ ग्राहक हेरेर जनही ७५ रुपियाँदेखि तीन सय रुपियाँसम्म भाडा असुल्ने गरेको वन रक्षक धर्म महतारा बताउँछन्। भन्छन्, "गत साता मात्रै सल्लीबजारबाट आउन खोला तरेको आठ सय रुपियाँ तिरेँ।" खोला किनारमा बसेका प्रत्येक युवाले यात्रु र मोटरसाइकललाई खोला तारेर मात्रै प्रतिदिन २ हजार ५ सयदेखि चार हजार रुपियाँसम्म कमाइ गर्ने फेरा खोलाका होटल व्यवसायी कर्ण शाही बताउँछन्।

राकमबाट जाजरकोटका लागि छुटेका यात्रुवाहक बस र मालवाहक ट्रयाक्टरहरूलाई भने सडक निर्माणमा संलग्न ठेकेदारका स्काभेटर र डोजरले सशुल्क तार्छन्। डोजरले खोलामा फसेका बस तार्न १ हजार ५ सयदेखि ६ हजार रुपियाँसम्म लिन्छन्।

भेरी नदीमा मिसिने यी खहरे खोलाहरू दुर्घटना र जनधनको क्षतिका प्रमुख कारक बनेका छन्। यिनै नौ खोलामा बर्सेनि करबि दर्जन यात्रु र स्थानीयको बगेर ज्यान जाने गरेको छ। सरकारी निकायसँग भने यसबारे आधिकारकि तथ्यांक छैन। सल्यान देवस्थलको सल्लीबजारबाट जाजरकोटसम्म पुग्न सार्वजनिक यातायात र पैदल यात्रुका लागि कुनै पनि खोलामा पुल छैनन्। सल्यानको बंगार खोला, सुर्खेतका काली खोला, बाली खोला, गोजी खोला, गजेडी खोला र जाजरकोटका छेडा खोला, फेरा खोला, इबर खोला र पासागार खोला पार गर्नुपर्छ। यी खोलाको बहाव स्थायी नहुने र पुल पनि नभएका कारण यात्रुलाई निकै गाह्रो भएको राकम, जामुने बजारका कुवेर पोखरेल बताउँछन्।

नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवाले भेरी नदीमा पुल निर्माण गर्न लागेको १० वर्ष बिते पनि हालसम्म अधुरै छ। १४ वर्षदेखि फेरीमार्फत हिउँदमा यातायातका साधनहरू तार्ने सुविधा भए पनि जेठदेखि कात्तिकसम्म ६ महिना बन्द हुन्छ। "नेपालगन्ज र सुर्खेतजस्ता सहरबाट जाजरकोट पुग्न दुई-तीनवटा सवारी साधन फेर्नुपर्ने बाध्यता छ," भेरीगंगा यातायात व्यवसायी संघका अध्यक्ष सुरेश कार्की बताउँछन्।

विश्व बैंकको सहयोगमा चार खण्डमा विभाजन गरेर सुर्खेत पोखरेबाट खलंगासम्म सडकको स्तरोन्नति गरिँदै छ। तर, खोलाको भाग आफ्नो जिम्मेवारी नभएको भन्दै ठेकेदारहरू पन्छिँदै आएका छन्।

भेरी नदीमा फेरी नचल्ने कारण देखाउँदै जाजरकोटका व्यापारीहरू दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य असुल्छन्। उपभोक्ता हित संरक्षण मञ्चका सचिव दीपेन्द्र शर्मा भन्छन्, "वर्षामा फेरी चल्दैन भनेर मूल्य बढाउँछन् तर फेरी चल्यो भनेर कहिल्यै घटाउँदैनन्।"

मौसमी रोजगारी

कामका लागि भारतका विभिन्न भागमा भौँतारिनु मध्यपश्चिम पहाडका युवाको परम्परागत पेसाजस्तै भइसकेको छ। तर, सल्यान देवस्थल र सुर्खेतको सिम्ता क्षेत्रका युवा भने वर्षा लागेपछि गाउँघरमै राम्रो आम्दानी गर्छन्। छिन्चु-जाजरकोट सडक सञ्चालन हुनुअघि गाउँघरमा कमाइ नभएर कालापार -सीमापारि) जाने युवा अचेल वर्षा लागेपछि गाउँमै रोजगार पाइने भयो भनेर खुसी हुन्छन्। किनभने, सानैदेखि रमाइलोका लागि खेल्दै आएको पौडीको सीप यतिखेर आय आर्जनका लागि काम लागेको छ। वर्षातले अपर्झट उर्लिने खहरे खोलामा यात्रु, मोटरसाइकल र अरू सरसामान तार्न उनीहरूलाई भ्याइनभ्याइ हुन्छ। त्यति मात्रै होइन, आफ्नो रोजगारका लागि यात्रुलाई असहज बनाउन र खोला बाँडिने बगरमा पनि एउटै धारमा बग्न बाध्य बनाएर समेत दुःख दिने गरेको गुनासो जाजरकोटवासीको छ।

चेन्नाई एक्सप्रेस’ले पार गर्‍यो ‘थ्री इडियट्स’को रेकर्ड, १५ दिनमा २०३ करोड

अन्तत बलिउडका वादशाह साहरुख खान अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले बक्स अफिसका सम्पुर्ण रेकर्ड ब्रेक गर्दै आफूलाई नम्बर १ मा उभ्याएको छ । शुक्रबार चलचित्रले बक्स अफिसमा २.१२ करोडको व्यापार गर्दै आमिर खान अभिनित चलचित्र ‘थ्री इडियट्स’ले कमाएको २०२.४५ करोडको लाईफ टाइम कलेक्शनलाई उछिनेको हो ।यो चलचित्रले शुक्रबार सम्म २०२.६७ करोडको व्यापार गरेको छ । बलिउडमा कुनै पनि चलचित्रले अहिलेसम्म कमाएको सबैभन्दा ठूलो आँकडा ‘चेन्नाई एक्सप्रेस’को पोल्टामा गएको छ । चलचित्रले बलिउडमा आजसम्म बनेका सबै रेकर्डहरुलाई समेत तोडेको छ । चलचित्रको लाइफ टाइम कलेक्शन २२० करोड पुग्ने अड्कल काटिएको छ ।
यस्तै यो चलचित्र ओभरसिजमा १ सय करोड माथीको व्यापार गर्ने बलिउडको तेश्रो चलचित्र बनेको छ । यसअघि ‘थ्री ईडियट्स’ र ‘माई नेम ईज खान’ले ओभरसिजमा १ सय करोड माथीको व्यापार गरेका थिए ।
रोहित सेट्टीको निर्देशनमा साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रले बक्स अफिसमा आफ्नो रफ्तारलाई रोक्ने छाटकाँट देखाएको छैन । चलचित्रले प्रदर्शनको पहिलो ३ दिनमै १ सय करोडको आँकडालाई छोएको थियो । बलिउडमा २ सय करोडको क्लबमा पुग्ने यो दोश्रो चलचित्र हो ।
यो बर्ष नायिका दीपिका पादुकोणका लागि निक्कै सुखद देखिएको छ । यो बर्ष उनले अभिनय गरेको चलचित्र ‘रेस २’ ले १०४ करोड, ‘ए जवानी हे दिवानी’ले १८८ करोड र ‘चेन्नाई एक्सप्रेस’ले १५ दिनमै २०३ करोडको व्यापार गरेको छ । बलिउड बादशाह साहरुख खानले आजसम्म ४ वटा १ सय करोड माथीको व्यापार गर्ने सिनेमा दिएका छन् । उनको भागमा ३ वटा सिनेमा ‘अल टाइम ब्लकबस्टर’को सूचिमा दर्जिएका छन् । यसअघि साहरुख अभिनित ‘दिलवाले दुल्हनिया ले जाएंगे’ र ‘कुछ कुछ होता हे’ अल टाइम ब्लकबस्टरको सूचिमा परिसकेका छन् ।

मरेको पौने घण्टापछि जुरुक्कै उठिन् महिला

झ्वाट्ट सुन्दा यो पत्यार लाग्ने कुरै हैन । तर आखिर सत्य कुरा पत्याउनै परयो । अस्ट्रेलियामा यस्तै पत्याउनै नसकिने घटना भएको छ । त्यहाँ एक महिला मरेको झण्डै पौने घण्टापछि ब्युँझिएकी छिन् । समाचार अनुसार ४१ वर्षकी ती महिला डाक्टरले मृत घोषित गरेको ४२ मिनेटपछि ब्युँझिइन् ।
miracle
झण्डै एक हप्ता पहिलेको घटना हो । भेनेसा तानासिओलाई हृदयाघात भयो । त्यसपछि उनलाई मोनास अस्पतालमा पुराइयो । तर अस्पताल पूराएको केही बेरमै डाक्टरहरुले उनलाई मृत घोषित गरे । त्यस बीचमा उनको मुटुको धमनी जुन बन्द भएको थियो त्यसलाई खुलाइयो । सुरुमा त्यसले कुनै प्रभाव नपारेपछि उनलाई मृत घोषित गरिएको थियो । तर मृत घोषित गरेको केही बेरपछि भेनेसाको मुटु अलिअलि चल्न थाल्यो । अनि उनी विस्तारै ब्युँझिइन् पनि ।
बाँच्ने कुनै सम्भावना नै नभएकी भेनेसा ब्युँझिएको घटनाले आफुहरुलाई पनि आर्श्चर्यमा पारेको डाक्टरहरु बताउँछन् । मेलबर्नको नरे वारेनमा बस्ने भेनेसाले आफु मरेर पनि बाँच्न पाउँदा निकै खुसी लागेको भन्दै यो आफ्नो लागि नयाँ जिवनको सुरुवात भएको बताएकी छिन् । आफुलाई जिवनमा पहिलोपटक हृदयाघात भएको उनी बताउँछिन् ।

नियमित सहवास गर्नेले धेरै पैसा कमाउँछन्

धन आर्जन र सहवासबीच कस्तो सम्बन्ध होला ? धेरै मानिसहरुको के धारणा छ भने सहवास र धन आर्जनसँग कुनै सम्बन्ध हुँदैन । तर पछिल्लो अध्ययनले भने यो कुरालाई गलत सावित गर्दै धेरै सहवास गर्ने मानिसले धेरै पैसा कमाउने तथ्य पत्ता लगाएको छ ।
sex-officeबेलायतको एन्जिला रस्किन विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कम्तिमा पनि हप्तामा ४ पटक सहवास गर्ने मानिसले सहवास कम गर्ने मानिसले भन्दा बढि पैसा कमाउँछन् । पेशा र शैक्षिक योग्यतामा ध्यान नदिने हो भने नियमित सहवास गर्ने मानिसले कार्यस्थलमा पाउने तलब वा ज्याला अर्थात् कमाउने पैसा सहवास कम गर्ने मानिसको भन्दा बढि हुने गरेको शोधकर्ताहरुको निष्कर्ष छ । शोधकर्ताहरुका अनुसार सहवास अर्थात् शारीरिक सामिप्यताको अभावले व्यक्तिको मथिंगलमा महत्वपूर्ण प्रभाव पार्छ । त्यसैले कार्यसम्पादनमा बढोत्तरी गर्न र मथिंगललाई स्थिर बनाउन मानिसलाई प्रेम र सहवास आवश्यक पर्छ ।
यसको अभावमा मानिसहरु एकान्तवासी, सामाजिक रुपमा निरास तथा डिप्रेसनको सिकार समेत हुने र त्यसले उनीहरुको कार्यसम्पादनमा असर पूराएर स्वतः कम कामका कारण कम ज्याला पाउने शोधकर्ता डाक्टर निक ड्राइडाकिस बताउँछन् ।
शोधका क्रममा २६ देखि ५० वर्ष उमेर समूहका साढे ७ हजार मानिसमा अध्ययन गरिएको थियो । यसमा एकल मानिस तथा समलिंगी जोडी समेत सहभागी गराइएको थियो । उनीहरुलाई आफ्नो स्वास्थ्य, यौनिक क्रियाकलाप, रोजगारीको अवस्था तथा कमाइको बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा के पाइयो भने जो मानिस हप्तामा कम्तिमा पनि ४ पटक सहवास गर्थे उनीहरुले त्यसभन्दा कम सहवास गर्ने मानिसले भन्दा ५ प्रतिशत बढि धन कमाउँथे ।

मेरो मनको साथी र हिम्मत २ भिड्ने, साँघुरो अनिश्चित


काठमाडौं, बैशाख १२ - फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार दुईवटा नेपाली चलचित्रहरु रिलिज हुदैछन्  । ती हुन ‘मेरो मनको साथी’ र ‘हिम्मत २’ । चलचित्र ‘मेरो मनको साथी’ नेपालभर प्रर्दशन हुदैछ भने ‘हिम्मत २’ काठमाडौंका १८ वटा हलमा लाग्दैछ ।
चलचित्र हिम्मत २ राजधानी बाहिर ३ बर्ष अघि नै प्रर्दशनमा आएको चलचित्र हो । ६५ लाख लगानी रहेको यो चलचित्रले राजधानी बाहिरबाट नै लगानीको ९५ प्रतिशत रिकभर गरिसकेको छ ।
मुलधारभन्दा बाहिर रहेर निर्माण गरिएको चलचित्र ‘साँघुरो’ पनि बैशाख १३ गते नै रिलिज गर्ने हिसाबले पब्लिसिटी गरिएता पनि वल्र्ड बाईड रिलिज राईटको कुरा मिलाउन बाँकी रहेकाले यो फिल्म शुक्रबार प्रर्दशनमा नआउने भएको छ ।
चलचित्रको प्राविधिक काम नै नसकिएकाले चलचित्र रिलिज हुन नसकेको भन्ने खबर झुटो रहेको निर्देशक जोयस पाण्डे बताउछन् । “चलचित्रको सबै काम सकिएर सेन्सर पास भई सकेको हाम्रो चलचित्रको प्राविधिक काम सकिएको छैन भन्ने खबर गलत हो” उनले भने “चलचित्रलाई बल्र्ड बाईड रिलिज गर्ने विषयमा कुरा भईरहेको छ, त्यही भएर हामी पछाडी सरेका हौ ।” अब चलचित्र साँघुरो बैशाख २७ गते रिलिज हुनेछ ।
हिम्मत २ पनि गत साता नै रिलिज गर्ने भनेर निर्देशक दिपक श्रेष्ठले निकै पब्लिसिटी गरेका थिए तर चलचित्रले हल नपाएपछि चलचित्र यो हप्ताको लागि ठेलिएको हो ।
हिम्मत २ दिपकको आफ्नै होम प्रोडक्सनको चलचित्र हो । काठमाण्डौंको ब्यापारले फाईदा दिने कुरामा दिपक श्रेष्ठ ढुक्क देखिन्छन् । “कतारमा पनि हामीले देखाएका थियौ फिल्म, राम्रो प्रतिक्रिया आयो” दिपक भन्छन् “अब मलेसियामा प्रर्दशन गर्ने तयारी गर्दैछु ।”
हिम्मत २ मा नायक, नायिका, हाँस्यकलाकार सबैलाई दोहोरो भुमिकामा देखिनेछन् । चलचित्रमा कुकुरले समेत अभिनय गरेको छ ।
रमाईलो कुरा त के छ भने, कुकुरको पनि दोहोरो भुमिका छ चलचित्रमा । बिराज भट्ट, युना उप्रेती, श्रीकृष्ण लुईटेललगायतका कलाकारको अभिनय रहेको छ चलचित्र हिम्मत २ मा ।
तर यो चलचित्रका कलाकार भने रिलिजको बेलामा साथमा छैनन् । विराज भट्ट भोजपुरी चलचित्रमा अभिनय गर्न भारतमा छन् । युना उप्रेती अमेरिकामा छिन् भने श्रीकृष्ण पनि श्रेष्ठको सम्पर्कमा छैनन् ।
त्यस्तै शुक्रबार रिलिज हुने अर्को चलचित्र ‘मेरो मनको साथी’ पनि लामो समयको प्रतिक्षा पछि प्रर्दशनमा आउन लागेको चलचित्र हो । साथी साथी बीचको कथामा बनेको यो चलचित्रको निर्देशन गरेका छन प्रदीप श्रेष्ठले । प्रदीपका अनुसार पुरा नै धारको चलचित्र बनाउने निर्देशकको ट्यागलाई यो चलचित्रले चिर्ने छ ।
राजेश शाहीले लगानी गरेको यो चलचित्रमा राजेश हमाल, जीवन लुईटेल, आयुष रिजाल, सुनिलदत्त पाण्डे, मिथिला शर्मा लगायतका कलाकारलाई देख्न पाईनेछ । चलचित्रमा महेश खड्काको संगीत रहेको छ भने चलचित्रलाई राम शरण उप्रेतीले खिचेका हुन् ।
चलचित्रमा प्रयोग गरिएको ग्राफिक्स चित्त नबुझेपछि चलचित्रको धेरै प्राविधिक काम दोहोर्‍याउनु परेकाले चलचित्र रिलिजमा ढिला भएको छ । मेरो मनको साथी न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा बनेको सिनेमा हो ।
Via- Ujjyalo

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार !


१३ बैशाख, काठमाडौं । काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLEकाठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।
‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।’
१ घण्टाको बाटो १५ मिनेटमा
दक्षिण अमेरिकी मुलुकमा पछिल्लो दशकमा अर्बन केवुलकारको अबधारणाले तिब्रता पाएको छ । सन् २००६ मा कोलम्बियाको मेडलिन सिटीमा संचालनमा आएको मेट्रो केवल पहिलो अर्बन केवलकारका रुपमा चिनिन्छ । त्यसबाट प्रभावित भएर ब्राजिल, भेनेजुयला, पोर्टल्याण्ड लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा केवलकार निर्माण गरिएको छ ।
MEDELLIN-METROCABLE-1
‘अझै २० बर्ष काठमाण्डौमा मेट्रो रेल बन्न सक्ने अबस्था छैन’ राणाले भन्नुभयो-’काठमाण्डौमा बढ्दो ट्राफिक जामबाट मुक्ति पाउने यो नै सस्तो र उत्तम बिकल्प हो ।’ केवुलकार संचालनमा आएपछि १ घण्टामा पुगिने ठाउँमा १० देखि १५ मिनेटमा पुगिने राणाले बताउनुभयो । कम्पनीले नारायणगोपाल चोकदेखि लगनखेलसम्म र कोटेश्वरदेखि बौद्धसम्म केवुलकार संचालन गर्न सम्भाब्यता अध्ययन गरिसकेको छ । दुई लाइन केवलकार संचालन गर्न १२ देखि १५ अर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको राणाले बताउनुभयो । मुख्य मुख्य स्थानमा यात्रु चढ्ने र झर्ने स्टेशनहरु पनि राखिनेछन ।
एउटा डिब्बामा ३० यात्रु
केवुलकारको एउटा डिब्बामा २५/३० जनासम्म अटाउने छन् । काठमाडौंको साँघुरा सडकमा केवुलकार अति उत्तम विकल्प हुने राणाले बताउनुभयो । रेडिमेड पोल ल्याएर गाडिने हुँदा केवुलकारको संरचना निर्माण गर्दा सडक र भौतिक संरचनामा ठूलो फेरबदल गर्नुपर्ने छैन । मेट्रो रेलको तुलनामा केवुलकार सस्तो समेत हुने उहाँको दाबि छ । सरकारले राजधानीका विभिन्न ठाउँमा मेट्रो रेल संचालन गर्नका लागि अध्यायन समेत गरिसकेको छ ।
केवुलकारको भाडा गाडिको लिने भाडा बराबर हुने उहाँले बताउनुभयो । केवुलकार संचालन भएको १०/१५ वर्षमा लगानी सबै उठिसक्ने हुँदा विदेशी कम्पनीहरु अर्वन केवुलकारमा लगानी गर्न उत्सुक रहेका हुन् ।
बिदेशी लगानी, दुई बर्षमा निर्माण सकिने
केवुलकारमा लगानी गर्नका लागि फ्रान्सका २/३ वटा कम्पनीहरु सकरात्मक देखिएको बताउँदै उहाँले भन्नुभयो- ‘फ्रान्सेली कम्पनीहरु यो परियोजनामा लगानी गर्न इच्छुक छन, उनीहरुकै सहयोगमा प्रारम्भिक अध्ययन सकिएको छ ।’
काम सुरु गरेको २ वर्षभित्रमा केवुलकार संचालन भईसक्ने बताउँदै राणाले सरकारले संचालन अनुमति चाँडै दिनेमा भने शंका व्यक्त गर्नुभयो । सरकारले तत्काल अनुमति दिएमा आवश्यक सबै प्रकृया सिध्याएर २ वर्षभित्रमा काम सुरु गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । ‘हामीले लगानी गर्छौं भन्दा पनि सरकारले काम गर्न दिँदैन’ उहाँले भन्नुभयो- ‘हामीले जतिसुकै राम्रा प्रोजेक्ट ल्याएपनि सरकारले काम गर्ने अनुमति दिन ढिलाई गरिदिन्छ, त्यसले लगानीकर्ता निराश र हतोत्साही हुन्छन ।’
पर्यटन प्रवर्द्धनका लागि उपर्यूक्त
अर्वन केवुलकार यातायातको लागिमात्र नभएर पर्यटन विकासका लागि पनि अति उपयोगी हुने कम्पनीको विश्वास छ । ‘केवुलकार संचालन भयो भने राजधानीको रुपै परिवर्तन हुनेछ’ राणाले भन्नुभयो- ‘साथै यो वातावरणमैत्री पनि हुनेछ ।’

Via- Online Khabar

चोरीका गाडी बेच्ने गिरोह देशभर सक्रिय


१४ वैशाख, काठमाण्डौं । पुराना गाडीका इन्जिन र च्यासिनम्बर प्रयोग गरी चोरीका गाडी बिक्री गर्ने गिरोह देशभर सक्रिय 
रहेको खुलेको छ । गाडीको भन्सार छलेर भारतबाट ल्याई इन्जिननम्बर, च्यासिसनम्बर तथा गाडीनम्बर राखेर अबैध धन्दा हुने गरेको हो ।
चोर बाटोबाट भित्रिने गाडी सार्वजनिक यातायात क्षेत्रमा समेत सञ्चालित छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत महिना चोरीका इन्जिननम्बर र च्यासिसनम्बर परिवर्तन गरी चलाएका माइक्रोबस र ट्याक्सी बरामद गरेको थियो ।
महाशाखाको प्रहरी टोलीले बा १ ज ३३७ र बा १ ख ७६८६ नम्बरको माइक्रोबस तथा बा १ ज ४८५, बा १ ज १५७१, बा १ ज ६१५८ नंका ट्याक्सी बरामद गरेको नयाँ पत्रिकामा खबर छ । काम नलाग्ने गाडीका इन्जिन तथा च्यासिसनम्बर ती गाडीमा प्रयोग गरिएका थिए ।

ओबामा परिवारमा ट्याटु कलह

obama

वासिङ्टन (एजेन्सीहरू), वैशाख १४ - अमेरिकाका राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेलले छोरीहरूलाई ट्याटु 
कोर्नबाट रोक्नलाई चेतावनीपूर्ण सर्त राखेका छन् । अल कायदा नेता ओसामा बिन लादेनसँग नतर्सेका ओबामालाई ट्याटुसँग डराएको देखेर अमेरिकी जनता रमाइरहेका छन् ।
उनीहरूले १४ वर्षे छोरी मालिया र ११ वर्षे ससालाई ट्याटु कोरेमा आफूहरूले पनि यस्तै गर्ने धम्की दिएका छन् । राष्ट्रपति ओबामाले एनबीसी टुडेलाई दिएको अन्तरवार्तामा घरभित्रको यो रोचक संघर्षको खुलासा गरेका हुन् । उनले छोरीहरूलाई 'उनीहरूले शरीरको जुन अंगमा ट्याटु बनाउँछन्, आफूहरूले पनि त्यही अंगमा त्यस्तै ट्याटु बनाउने' भनेका छन् । उनले यसलाई युट्युबमा 'फ्यामिली ट्याटु' को नामले प्रदर्शन गर्ने छोरीहरूलाई चुनौती दिएका छन् । यसपछि उनको छोरीहरूसमक्ष अभिभावकको फैसलाप्रति पुनर्विचार वा विद्रोह गर्नुको विकल्प छैन ।
छोरीहरूलाई ट्याटु कोर्नबाट रोक्न ओबामादम्पतीको अनौठो तरिकाबाट अमेरिकीहरू भन्ने निकै रमाएका छन् । हालै मिसेलले आफूलाई छोरीहरूको एक्लै हेरचाह गर्ने अभिभावक -सिंगल प्यारेन्ट) भनिदिएको बयानको ओबामाले बचाउ गरेका छन् । मिसेलको जिब्रो चिप्लेर त्यस्तो भएको हुन सक्ने उनले बताए । उनले आफ्नो व्यस्त राजनीतिक करिअरले गर्दा मिसेललाई यस्तो अनुभूति भएको हुन सक्ने स्वीकारेका छन् ।

Via-Kantipur

अहिल्यै यस्तो बिजोग छ, असार साउनमा के होला ?


९ बैशाख, काठमाडौं । पानी परेर हिलाम्मे भएको सडक पार गरेर बल्लतल्ल कार्यालय पुगेपिछ रेडियो अडियोकी कार्यक्रम प्रस्तोता जुनु पुरीले फेसबुकमा लेख्नुभयो -’धानको बीउ भए काठमाडौंको सडकमा रोप्दै हिँडे हुन्छ । भदौरे धान त पक्का फल्छ ।’ उहाँले रमाइलोको लागि मात्र यस्तो लेखेको होइन । साँच्चै यतिबेला राजधानीको सडक हिलोआली गरेर रोप्न ठिक्क पारिएको खेत जस्तै भएको छ ।hilo-1
पानी नपर्दासम्म धुलोले हिँडिनसक्नुको थियो । पानी परेपछि त्यही धुलो गज्गजे हिलोमा फेरियो । हिलाम्मे सडक पार गर्न बटुवालाई त सास्ती भएकै छ, मोटर र मोटरसाइकल गुडाउनेलाई पनि कम्ति हैरानी छैन । सडक बिस्तारका क्रममा सानाठूला गरी राजधानीका झण्डै दुईसय ठाउँमा मर्मत र पुनर्निर्माणको काम भैरहेका छन् । जताततै ढल खन्ने र सडक भत्काउने तथा बनाउने काम भैरहेकाले पानी नपर्दा पनि सडक बिरुप थियो । पानी परेपछि त सडक झन् हेरिनसक्नु र हिँडिनसक्नु भएका छन् ।hilo-2
राजधानीका प्रायः सबै ठाउँमा ढल निकासको समस्या छ । सानो वर्षा हुनेवित्तिकै सडक जलमग्न हुन्छन् । हरेक वर्षमा राजधानीबासीले हिलोमैलोको समस्या झेल्दै आएका छन् । यसवर्ष त झन् सडक विस्तारको क्रममा भत्काइएका संरचनाले समस्या थपेको छ । अहिले भत्काइएका सडक असार मसान्तसम्म पुनर्निर्माण गरिसक्ने सरकारको योजना छ । तर, असार मसान्त नलाग्दै अहिलेकोभन्दा ठूलो झरी पर्छ । सानो झरीमै यस्तो हालत भएको सडक साँच्चै धान रोप्ने बेलासम्म झन् कस्तो होला ?hilo-3
hilo-4
hilo-5
hilo-6
hilo-7

Via- Online khaber

राजधानीमा साझा यातायात


काठमाडौ, वैशाख ५ - राजधानीमा साझा यातायात सञ्चालन भएको बुधबार चार दिन भयो । अन्य यातायातको तुलनामा 
स्तरीय सेवा पाएपछि सेवाग्राहीले सहज यात्रा गर्न पाएका छन् । भाडाको सवारी त्रिभुवन विमानस्थलभित्रैबाट लाइन लगाएर यात्रु चढाउने साझा यातायात पहिलो सवारी बनेको छ ।
sajha bus
विमानस्थलबाट कलंकीका लागि छुटेको बा३ख २२२६ नम्बरको ५४ सिटे बसको यात्रा पौने १२ बजे सुरु भयो । कलंकी पुग्दा साढे १२ भइसकेको थियो । विमानस्थलभित्रैबाट यात्रा गर्ने सातजना मात्रै थिए । विदेशबाट फर्केकालाई लक्षित गरेर भित्रैबाट सेवा सुरु गरे पनि वायु सेवा भवन अगाडिबाटै गाडी मोडिने भए पनि धेरैलाई थाहा छैन । विमानस्थलको गेट छेउको बस स्टपमा साझा कुरेर बस्नेमध्येमा दुबईबाट फर्केका भक्तनारायण श्रेष्ठ पनि थिए । उनलाई लिन पुगेका तीनजना आफन्त पनि त्यही गाडीमा चढे । सोल्टीमोडसम्मको भाडा एकजनाको २० रुपैयाँका दरले दिए । भक्तमानले भने, 'कति सस्तो भाडा, विमानस्थलभित्रैबाट भाडाको गाडी पाउन थालेछ ।' दुई वर्षपछि फर्केका उनले विमानस्थल छिर्नेबित्तिकै नेपालमा परिवर्तन भएको महसुस गरे । विदेशबाट ल्याएको लगेजको भाडा पनि तिर्नु परेन । ट्याक्सीमा गएको भए कम्तीमा ५ सय रुपैयाँ तिर्नु पथ्र्यो । बसको पछिल्लो ढोकाबाट चढ्ने र ड्राइभरसँगैको अघिल्लो ढोकाबाट ओर्लने व्यवस्था छ । अझ ढोका खोल्नु नपर्ने । चालकले स्विच थिचेपछि खुल्ने र बन्द हुने । बसका परिचालकले ठाउँको नाम बोलाउँदै जाने हो भनेर चिच्याउनु नपर्ने । बसको अघिल्लो भाग र पछिल्लो ढोकामा टाँसेको रुट हेरेर यात्रु चढ्ने गर्छन् । परिचालक लेखेको टल्कने ज्याकेट र परिचयपत्र लगाएकी ३० वषर्ीया कृष्णमाया पौडेलको काम ढोका खोल्ने र ठाउँको नाम भनेर चिच्याउने नभई गाडी चढ्नेबित्तिकै कुन ठाउँ जाने हो भनेर सोध्ने हो । अनि ठाउँअनुसार तय गरेको टिकट दिन्छिन् । साझाले माग गरेको विज्ञापनमा दरखास्त दिएर उनी पनि छनोटमा परेकी हुन् । महोत्तरीबाट कामको खोजी गर्न राजधानी आएकी उनलाई कतिपय ठाउँको नामसमेत थाहा छैन । कुन ठाउँ झर्ने हो ? चालकले स्टपपिच्छे ठाउँको नाम भन्ने गर्छन् । स्टपबाहेक बीचमा झर्ने यात्रु पनि स्टपमा मात्रै झरे । जहाँ पायो त्यही ओर्लने बानी परेका यात्रुहरू भन्दै थिए,'नियम त मान्नै पर्‍यो ।' ड्राइभर पछाडि अपांग र अगाडि ढोकाछेउमा महिला सिटको व्यवस्था गरिएको छ । उक्त सिटमा पुरुष बस्नेबित्तिकै चालक सत्तलसिंह तामाङले भने,'इस्क्युज मि त्यो सिट महिलाको हो, पछाडि बस्दिनुस् न है ।' यात्रु पनि 'सरी' भन्दै त्यस्ता सिट छाड्ने गरेका छन् । तर, अरू गाडीमा भए चालक र परिचालकले यस्तो भन्दैनन् । साझाको टिकटमा विद्यार्थी सहुलियत, पूरा भाडा तिर्ने र ट्रान्सफर टिकटको व्यवस्था छ । उपत्यकामा भाडाका गाडी चालकले जहाँ पायो त्यही गाडी रोकेर यात्रुको बानी बिगारेका छन् । साझा यातायातका चालकले भने बस स्टपभन्दा अन्यत्र रोक्दैनन् । साझाको बस चढ्न खोज्ने धेरैजसो यात्रुले पनि स्टपबाहेक बीच बाटोमा हात उठाउँथे । तर चालक अगाडि स्टपमा आउन इशारा गर्थे । कतिपय यात्रु बस स्टपमा साझाको गाडी कुरेर बसेका पनि थिए । स्टपबाट बस चढ्न हानाथाप नगरी लाइन लागेर चढ्थे । चालकले गाडी रोक्दा पनि बस स्टपको ट्रयाकभित्र हाल्थे । सडकमै रोक्ने चालकहरू साझाका चालकलाई जिस्क्याउँदै भन्थे,'गुरु यसरी कति दिन चल्ला त ?' साझाको बस यात्रुको पर्खाइमा रोकेर बसेन । स्टपमा जति यात्रु भेटिन्छन्, त्यति चढाउने र झार्ने मात्रै गथ्र्यो । साझाको सेवा सुनेको तर उपयोग नगरेका यात्रु कुरेर भए पनि चढेका पनि थिए । 'साझा चढ्ने इच्छा तीन दिनपछि पूरा भयो,' कालिमाटीबाट सिनामंगल जान लागेका एक यात्रुले भने । एउटा गाडी छुटेपछि करिब आधा घन्टापछि मात्रै अर्को गाडी आइपुग्छ । लामो समयसम्म कुरेर बस्नुभन्दा अन्य गाडी उपयोग गर्ने पनि छन् । साझाका गाडी चलाउने चालकले दिएको प्रशिक्षणलाई व्यावहारिक रूपमा लागू पनि गरेका छन् । सवारी चलाउँदा धूमपान, मद्यपान गर्न पाउँदैनन् । कम्पनीले दिएको परिचयपत्र र टल्किने ज्याकेट लगाउनुपर्ने हुन्छ । चप्पल, ट्रयाकसुट, जिन्सको पाइन्ट लगाउन पाउँदैनन् । चालकको सिटमा बसेपछि पछाडि फर्केर गफ गर्न पाउँदैनन् । यसअघि काठमाडौं उपत्यकाभित्र लोकल र लामो रुटमा गाडी चलाउने चालक पनि साझाका सवारी चलाउँछन् । साझामा आउनुअघि ट्राफिक नियम नमानी जथाभावी रोकेर यात्रु चढाउने, आरक्षित सिट लक्षित समूहलाई नराखे पनि अहिले नियममा बाँधिएका छन् । 'व्यक्तिले सञ्चालन गर्दाजस्तो यति नै कमाउनु पर्छ भन्ने हुँदैन,' बा३ख २२२६ का चालक लामाले भने, 'संस्थाको नियममा बाँधिएकाले जिम्मेवारी पालना नगर्दा इज्जतको कुरा हुन्छ ।'
Via-Kantipur 

हाउसफुल ‘नोटबुक’, ‘हमेशा’ को व्यापार


नयाँ बर्ष चलचित्र ‘नोटबुक’ का लागि फाप्ने देखिएको छ । चलचित्रले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । देशभरका सम्पुर्ण हलमा चलचित्रको ओपनिङ कलेक्शन उत्साहजनक भएको हलसंचालकहरुले जानकारी दिएका छन् ।चलचित्रले काठमाण्डौको मल्टिप्लेक्स समेत तताएको छ । काठमाण्डौको केएल टावरमा रहेको ‘एफक्यूब’ हलमा चलचित्र हाउसफुल गएको छ । नेपाली सिनेमाले मल्टिप्लेक्समा निराशाजनक व्यापार गरिरहेको समयमा ‘नोटबुक’ ले भने दर्शक मझैले तानेको छ ।
निर्देशक योगेश घिमिरेले मल्टिप्लेक्समा समेत सिनेमा हाउसफुल हुँदा खुशी लागेको बताए । उनले सिनेमाको माउथ पब्लिसिटी राम्रो भएकाले दर्शक ओइरिएको बताए । यस्तै यो चलचित्र काठमाण्डौको गोपी, गुण, अष्टनारायण लगायतका हलमा पनि राम्रो व्यापारका साथ चलिरहेको वुझिएको छ । नयाँ बर्षको दिन दर्शकले ‘नोटबुक’ लाई खुलेरै साथ दिएका छन् ।
पुर्वको दमकमा चलचित्र हेर्न नपाएर दर्शक हल बाहिरै रहेको वुझिएको छ । धरानको गणेश हलमा १२ बजे ४६ हजार, बिर्तामोडको अन्नपुर्ण हलमा हाउसफुल र दमकको पाथिभारा हलमा चलचित्रले १२ बजेको शो मा ५० हजार सहित हाउसफुलको व्यापार गरेको छ । यो चलचित्रमा जीवन लुइटेल, निता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा वसन्त सापकोटोले संगीत भरेका छन् ।
यस्तै ‘नोटबुक’ सँगै प्रदर्शनमा आएको चलचित्र ‘हमेशा’ को व्यापार पनि सन्तुष्ट हुने खालको छ । चलचित्रले धरान, दमक, बिर्तामोड, काठमाण्डौमा उत्साहजनक व्यापार गरेको छ । सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो सिनेमालाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, नरेन खड्का लगायतका कलाकारको अभिनय छ । शुक्रबार र शनिबार ‘नोटबुक’ भन्दा ‘हमेशा’ केही माथी देखिएको छ । तर आइतबारको व्यापारबाट ‘नोटबुक’ ले ‘हमेशा’ लाई उछिन्ने संकेत गरेको छ । नेपाली सिनेमाको व्यापार सुस्ताइरहेको समयमा यि दुई चलचित्रको विकेन्ड कलेक्शनले भने धेरैको अनुहारमा खुशी छरेको छ ।
Via- Eonline Khabar

फालेर यौनको तिर्खा मेटाउन उद्यत


सेक्सको भोकले थला पारेपछि मान्छेले के सम्म गर्दोरहेछ हँ ? ज्यानै फालेर यौनको तिर्खा मेटाउन उद्यत हुँदोरहेछन् कोही कोही । चीनमा भएको छ यस्तै । सेक्सको अति इच्छाले पागल बनाएपछि चीनका एक युवकले आफ्नो मलद्वारबाट जिउँदो माछा घुसाएका छन् ।
पोर्नका अम्मली बनिसकेका ती तन्नेरी मलद्वारबाट जिउँदो हिले माछा छिराउँदा झण्डै चिलिम फर्किएनन् । मलद्वारबाट छिरेको माछो आन्ध्राबाट भित्र छिरेर हिँड्न थालेपछि उनी इन्तु न चिन्तु भए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगियो ।
eel
दक्षिण चीनका ती अविवाहित युवकले ब्लु फिल्मको सिको गर्दै आफ्नो मलद्वारबाट जिउँदो हिलेमाछा छिराएका थिए । ग्वांगडोङ प्रान्तका यी युवक मलद्वारबाट छिरेको माछो भित्रै सलबलाउन थालेपछि आफ्नै अस्पताल आएर डाक्टरसँग गुहार मागेका थिए ।
चिकित्सकहरु पनि उनको समस्या देखेर तिनछक परे । लामो शल्यक्रियापछि उनको मलद्वारभित्र छिरेको २० इन्च लामो एसियन धाप प्रजातिको हिलेमाछा बाहिर निकालियो । बाहिर निकाल्दासम्म पनि त्यो माछा जिउँदै रहेको र बाहिर निकालेको केही बेरपछि मरेको चिकित्सकहरुले बताए ।
विचार ती मान्छे मलद्वारमा माछा छिराउँदा आफै झण्डै मृत्युको मुखमा परेनन् अझ उनीमाथि प्रहरीले उल्टै जनावरमाथि निर्दयी व्यवहार गरेको आरोपमा समेत सोधपुछ गर्ने भएको छ ।

Via- Online Khabar

फेसबुक बन्द हुने हल्ला फैलाउनेहरु सावधान !


फेसबुकलाई ‘फेकबुक’ सिद्ध गर्न एउटा नचाहिँदो हल्ला सोमबार अकस्मात् फैलियो – विक्रम संवतको नयाँ वर्ष अर्थात् २०७० वैशाख १ गतेदेखि नेपालमा फेसबुक बन्द हुने। कारण ? नेताहरुप्रति अभद्र टिप्पणी र फोटो पोस्ट गरिएकोले रे। सामाजिक सञ्जालका साइटहरुमा हल्ला फैलन धेरै बेर लाग्दैन। अलिकति दिमाग पनि नलगाई मान्छेहरुले भटाभट सेयर र मेन्टमा गाली गर्न थाले यो हल्लामा। तर जसले यो हल्ला फैलाएको हो, ऊ स‍ंकटमा पर्ने निश्चित छ। किनभने हल्ला फैलाउनेले रमाइलोका लागि गरेको भन्न पाउने स्थिति छैन। उसले नेपाल सरकारको छाप र सूचना तथा सञ्चार मन्त्रीको दस्तखतसमेत कीर्ते गरेको छ। फेसबुकका विभिन्न पेज र व्यक्तिहरुले यसलाई सेयर गरेका छन्, उनीहरु पनि आपत्‌मा पर्न सक्छन्। 
fakebook1
सरकारी छाप र दस्तखत कीर्ते गर्नेलाई एक वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ। यो त अझ नरम प्रावधान भयो। फेसबुकबाट यस्तो काम गरेकोले उसलाई विद्युतीय कारोबार ऐन अनुसार पनि कारबाही हुनसक्छ। यो ऐन अनुसार यसरी गैरकानुनी काम गर्नेलाई एक लाख जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्छ।
फेसबुकमा यस्तो हल्ला फैलिएपछि जसको कीर्ते हस्ताक्षरसहित यस्तो हल्ला फैलाइएको हो, अर्थात् सञ्चार मन्त्री माधव पौडेलका प्रेस सल्लाहकार मातृका पौडेलले फेसबुकमै यस्तो हल्ला निराधार भएको भन्दै त्यस्तो अफवाह फैलाउनेलाई साइबर अपराधमा कारवाही गरिने बताएका छन्।
matrika
तपाईँ के गर्न सक्नुहुन्छ ?
यस्ता हल्ला पहिले पनि चल्ने गर्थे, अहिले पनि चलिरहेका छन्। सामाजिक सञ्जालका साइटहरुको सदुपयोग गरेर फाइदा उठाउनुको सट्टा दुरुपयोग गरेर दुःख दिने काम गर्ने यस्ता प्रवृत्ति भएका परपीडकहरुबाट कसरी बच्ने त ?
-जुन पेज र व्यक्तिले यस्ता हल्ला फैलाएका हुन्, त्यस्तो पेजलाई अनलाइक र व्यक्तिलाई अनफ्रेन्ड गरिदिने। हरेक पेजको दायाँ छेउमा अनलाइक गर्ने विकल्प रहन्छ।
-सूचनाको स्रोतसम्म पुग्ने : यस्ता अविश्वसनीय कुरा फेसबुकमा आएमा सेयर वा कमेन्ट नगरी सूचनाको स्रोतसम्म पुग्न कोशिश गर्ने। जस्तै यो हल्लामा सूचना तथा सञ्चार मन्त्रालयको हवाला दिइएको छ। त्यसो हो भने सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक साइट moic.gov.np मा गएर यस विषयमा सूचना खोज्ने। आधिकारिक साइट थाहा नभए गुगल गर्ने वा सामाजिक सञ्जालकै प्रयोग गरी अरु साथीहरुलाई सोध्ने।
-गल्तीले यस्तो कुरा सेयर गरिहालेको भए डिलिट गरिदिने।

Via- Mero Sansar

१२ वर्षपछि हामी पनि हुइँकिउ साझा बसैमा


sajhabus
एउटा कम्पनीले काठमाडौँका दुई वटा रुटमा जाबो १६ वटा बस चलाउँदा देश विदेशमा ठूलै चासो हुनुपर्छ? पक्कै पनि पर्दैछ। यस्ता घटना सामान्य हुन्। तर जब त्यहाँ साझाको नाम जोडिन पुग्छ, त्यो ‘असामान्य’ घटना हुन पुग्नु अस्वभाविक हैन। र त, ठूलै चासो छ अहिले देशमा अनि विदेशिएकाहरुमा माझ पनि। हो, यो साझाप्रतिको विश्वास र यसले दिएको सेवा कै कारण हो। यदि निजी क्षेत्रले साझाले दिएको जस्तै सेवा दिन सकेको भए आज साझा आउटडेटेड भइसक्थ्यो, कसैले वास्ता पनि गर्ने थिएन। तर साझालाई अहिलेसम्म बिर्सन सकेका रहेनछन् कसैले। त्यसैले राजनीतिक हस्तक्षेपले जर्जर बनाएर विघटन भइसकेको साझा यातायातले १२ वर्षपछि आज पुनः सेवा सुरु गर्न लाग्दा खुसीको एउटा सानो अंश सबैमा सञ्चार भएको छ।
सन् १९६५ मा साझा बस।
सन् १९६५ मा साझा बस।

आज साझा यातायातले आफ्नो सेवाको उद्‌घाटन मुख्य सचिवबाट गराउँदैछ। अनि टिकट काट्ने ‘किलिन्डर’ बन्दैछन् मदनकृष्ण र हरिवंश। अहिलेलाई साझा यातायातले काठमाडौँका दुई रुटमा ८/८ गरी १६ वटा बस चलाउनेछ।
साझा यातायातले आफ्नो सेवा जुलाई १६, १९६२ (साउन १, २०१९) मा सुरु गरेको हो। लामो समयसम्म यसले सेवा दिइरह्यो। काठमाडौँ उपत्यकामात्रै हैन, देशका विभिन्न भागमा यसले सेवा पुर्‍यायो। त्यतिमात्र हैन, भारतको दिल्ली र चीनको ल्हासासम्म पनि यसले सेवा विस्तार गरेको थियो कुनै ताका।
साझाको जगजगी हुँदा यातायात व्यवस्था अहिलेको जस्तो अव्यवस्थित थिएन। अहिले जस्तो बस जहाँ पायो त्यहीँ घ्याच्च यात्रु पाउने बित्तिकै रोकिँदैन थियो। निश्चित बिसौनी बाहेक यताउता बस रोकिँदैन थियो। बस चढ्नेहरु पनि बिसौनीसम्म पुग्न अल्छी गर्दैन थिए। झर्नेहरु पनि बिसौनीमै पुगी झर्न गाह्रो मान्दैन थिए।
साझाको पहिलेको निलो जापानी बस
साझाको पहिलेको निलो जापानी बस

काठमाडौँमा यात्रु र सवारी साधनको चाप बढ्दै जाँदा ठूला बस हैन, मिनी र माइक्रो गर्दै झन् झन् साना सार्वजनिक सवारी साधन आयात गर्दै चलाउन अनुमति दिने महान् विचारक र नीति निर्माताहरु यहाँ भेटिए। २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि सरकारले आफ्ना मान्छे भर्ती गर्ने र विपक्षीले गर्ने बन्दमा तोडफोड गर्ने – दुईवटैको मारमा पर्‍यो र अन्ततः धराशायी भयो २०५८ सालमा। २०६७ सालमा सहकारीको रुपमा पुनःस्थापित भएको साझा यातायातले कनकमणि दीक्षितको अध्यक्षतामा नयाँ जोशजाँगरका साथ काम सुरु गर्‍यो।
निश्चित समयमा सेवा दिने, भरपर्दो, दुर्घटना कम हुने आदि ट्रेडमार्क थिए साझाका। त्यसैले निजी क्षेत्रका जति सेवा आए पनि साझालाई कसैले बिर्सन सकेनन्। त्यसैले आज १२ वर्षपछि सेवा सुरु गर्दा सबै पुरानो दिन सम्झिएर रमाएका छन्।
३३ लाख परेको अहिलेको गाडी भारतको टाटा कम्पनीको हो। पहिले निलो जापानी बसले सेवा दिने गर्थ्यो। बिहान ५ देखि राति ११ बजेसम्म यसले सेवा दिनेछ। विद्युतीय टिकट र मोबाइल पे सिस्टमको बारेमा यसले सोधिखोजी गरिरहेको छ। यो सेवा सुरु गरे नेपालको यातायात क्षेत्रमा एउटा नौलो आयाम भने हुनेछ। अहिले नै केही मलहरुको फूडकोर्टमा भइरहेको शैलिको कार्ड सिस्टमको भुक्तानी यसले पनि सुरु गर्न सके साझाले एउटा फरक अनुभूति दिलाउन सक्नेछ।
साझालाई स्वागत ! शुभकामना !!
अहिलेको साझा बस
sajha11

Via- Mero Sansar

बर्षभरी विवाद र चर्चा

padam kuwar
काठमाडौ, चैत्र ३१ - वर्ष २०६९ मा धेरै व्यक्ति विवादमा आए भने केही विभिन्न कारणले चर्चित भए। कोही राजनैतिक 
कारणले विवादमा मुछिए भने कोही  गैरराजनीतिक कारणले पनि चर्चामा रहन सफल भए। यद्यपि विवाद र चर्चामा आउने अधिकांश व्यक्ति कुनै न कुनै रूपमा राजनीतिसँग  सम्बन्धित थिए। देशको राजनीति नै विवादित अवस्थामा रहेका कारण पनि चर्चित व्यक्तिहरू राजनीतिसँग बढी जोडिएका थिए। यद्यपि  राजनीति इतरका खेलकुद एवं आर्थिक गतिविधिका कारण पनि केही व्यक्तिका विवाद र चर्चाबारे अश्विनी कोइरालाले लेखाजोखा गरे।
डा.रामवरण यादव
पाँच वर्षदेखि विवादरहित अवस्थामा रहेका राष्ट्रपति रामवरण यादव विभिन्न कारणले चर्चामा रहे। संविधानसभा विघटन भएयता चिन्तित  रहेका राष्ट्रपतिले प्रमुख राजनीतिक दललाई लगातार भेटेर सम्झाउने, फकाउने र धम्काउनेसम्मका कार्य गरे। फलस्वरूप राष्ट्रपतिले गैरसंवै धानिक कदम चाल्ने वा सक्रिय हुन सक्ने अनुमानका कारण उनको लगातार चर्चा भैरह्यो। पछिल्लो समयमा प्रधानन्यायाधीश खिलराज रे ग्मीलाई सरकार प्रमुख बनाउने कार्यमा पनि उनको महत्वपूर्ण योगदान रह्यो। ४० वर्ष देशको प्रजातन्त्रका लागि लडेर मन्त्री हुँदै  राष्ट्रपतिसम्म भएका यादवले पछिल्लो छिमलमा गैरराजनैतिक व्यक्तिलाई कार्यकारी प्रमुख बनाउन गरेको प्रयासका कारण उनी विवादित पनि  भए।
डा. बाबुराम भट्टराई
मुस्ताङ म्याक्स चढेेर प्रधानमन्त्री बनेलगत्तै चर्चामा रहेका डा. बाबुराम भट्टराई सडक फराकिलो बनाउने अभियानका कारण वर्ष २०६८ को  सुरुमै प्रशसिंत भएका थिए। जसै वर्ष ०६९ लाग्यो, उनको प्रशंसाभन्दा आलोचना बढी हुन थाल्यो। संविधानसभा विघटन भएपछि सुरु भएको  उनको आलोचना आफ्नी धर्मपत्नी एव्ां महिला नेतृ हिसिला यमीले प्रशासनमा गरेको हस्तक्षेपका कारण उत्कर्षमा पुग्यो। त्यसमाथि दैलेखका  पत्रकार डेकेन्द्र थापाका हत्यारालाई डा. भट्टराईले बचाउन गरेको प्रयासले उनको नियतमाथि नै शंका उत्पन्न  गर्‍यो। संविधानसभा निवार् चनपछि पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारमा अर्थमन्त्रीका रूपमा कमाएको इज्जत र प्रतिष्ठा डा. भट्टराईले प्रधानमन्त्री  भएका बखत जानी-नजानी स्वाहा पारे।
मोहन वैद्य
एकीकृत माओवादी शक्ति र सत्तामा छँदा त्यही दलको वरियताक्रमका दोस्रा नेता मोहन वैद्य किरणले पार्टी फुटाए। त्यति मात्र होइन, उनले  आफ्नो दल जनयुद्धमा पनि जान सक्ने उद्घोष गरेर सबैलाई अचम्ममा पारे। आफूले लिएको सिद्धान्तप्रति अटल यी नेता नेपाली जनता र  विश्व जनमत अर्कोतर्फ रहेको थाहा पाउँदा-पाउँदै पार्टी फुटाउने र विद्राेह गर्नेजस्ता कुरा गरेर वर्षभरि नै चर्चामा रहे।
सुशील कोइराला
निष्ठाको राजनीति गर्ने नेतामा दरिएका कांग्रेस सभापति सुशील कोइराला यसपटक माओवादी अध्यक्ष पुष्पकमल दाहालको चेपुवामा परेर  आफ्नो भित्री लोभ सार्वजनिक गरे। दाहालको आश्वासनमा प्रधानमन्त्री हुने चाहना राखेका कोइरालालाई माओवादी अध्यक्षले अरू नेता जस्तै  कोइराला पनि पदको लोभी हुन् भन्ने कुरा प्रमाणित गर्न सफल भए। थाहै नपाई माओवादी रणनीतिका सिकार भएका कोइराला पछिल्लो  समयमा कमजोर पात्रका रूपमा प्रकट भए।
लोकमान सिंह कार्की
सबै नेतालाई रिझाउन सक्ने खुबी भएका पूर्वमुख्य सचिव लोकमान सिंह कार्कीको मुखैमा आएको अख्तियार प्रमुख पद सर्वोच्च अदालतका  कारण तुहियो। चार मुख्य दललाई रिझाएर अख्तियार प्रमुख सिफारिस भएका कार्की सञ्चारमाध्यमको खबरदारीका कारण असफल हुन  पुगे।  राजतन्त्रको पक्षधर एवं अख्तियारबाट भष्ट्राचारका आरोपी कार्की जीवनमा पहिलो पटक असफल भएका हुन्।
गणेश थापा
नेपालको फुटबल टिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाएका एन्फा अध्यक्ष गणश थापा यो वर्ष आफू मात्र होइन, देशको इज्जत बिगार्ने  व्यक्तिका रूपमा देखापरे। बंगलादेशी नागरिक एवं प्रशिद्ध फुटबलकोच महोम्मद विन हमामसँग गणेशले फिपा अध्यक्षमा जिताउन छोरामार्फत  १ लाख डलर घूस लिएको प्रमाणित भयो। विश्वप्रशिद्ध समाचार संस्था एपीले दिएको यो समाचार विश्वव्यापी भएपछि फिफाले महोम्मद विन  हमामलाई संस्थाबाटै निष्कासन गर्‍यो। थापाले हमामलाई आफ्नो प्रभावमा राख्न राजाको शासनकालमा गोर्खा दक्षिणवाहु दिलाएकोसमेत  प्रमाणित भएको थियो।
प्रकाश दाहाल
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल यो वर्ष पटक-पटक चर्चामा आए। वर्षको सुरुमै सगरमाथा आरोहण  गरेर राम्रो छवि बनाएका प्रकाशले केही महिनापछि दोस्रो श्रीमती तथा नाबालक छोरो छाडेर बिना मगरलाई भगाए। बिना मगर पनि आफ्नो  श्रीमान् छँदै प्रकाशसँग भाग्न राजी भएकी थिइन्। उक्त घटनापछि दुवैलाई पार्टीले कारबाही गरेको थियो। कारबाहीकै बीचमा बिरामी भएका  पूर्वयुवराज पारसको मृत्यु भैसकेको भन्दै फेसबुकमा समवेदना दिएपछि प्रकाश पुनः आलोचनाको पात्र भए।
पारस शाह
युवराजको पदवी खोसिएपछि धेरैजसो समय थाइल्यान्ड र सिंगापुर बस्दै आएका पूर्वयुवराज पारसमाथि भारतीय अन्डरवर्डको निसाना रहेको  खबर सार्वजनिक भयो। त्यसलगत्तै उनी थाइल्यान्डमा लागू औषधको अपराधमा प्रहरी चौकी पुगे। नेपालका पूर्वयुवराज भएका कारण उनको  कारबाहीमा केही खुकुलोपन अपनाइए पनि भाग्यले उनलाई साथ दिएन। उनी हृदयघातको गम्भीर आक्रमणका कारण अस्पताल भर्ना भए।  करिब दुई महिना लामो उपचार पछि उनी स्वस्थ्य भएका छन्। यद्यपि उनको चर्चा सेलाएको छैन।
सुधीर बस्नेत
छोटो समयमै करोडौं कमाएका व्यवसायी सुधीर बस्नेतले जसरी कमाएका थिए, त्यसैगरी टाट पल्टिए। सहकारीमार्फत सयौं व्यक्तिलाई डुबाएर  धनी भएको र त्यो पैसा पनि डुबिसकेको थाहा भएपछि उनी जेल परे। यद्यपि पैसा डुब्नेहरूले नै कमाएर तिर्ने सर्तमा उनलाई जेल मुक्त  गराएपछि यी व्यवसायी चर्चामा आए।
पदम कुँवर  
नेपालका सबैभन्दा शक्तिशाली नेता प्रचण्डलाई सार्वजनिक स्थलमा थप्पड हानेर माओवादी कार्यकर्ता पदम कुँवर लामो समय चर्चामा रहे।  उनको थप्पडपछि सरकारले नेताहरूको सुरक्षामात्र बढाएन, सुरक्षा नीति नै परिवर्तन गर्‍यो। अहिले कुनै पनि नेताले आम जनतासँग सीधै भेट ्न नपाउने व्यवस्था मिलाइएको छ।

Via-Kantipur
 
Weather in Kathmandu
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger