Headlines News :
Home » , » अक्षय कुमारको याद दिलाउने हमालको नयाँ गेटअप

अक्षय कुमारको याद दिलाउने हमालको नयाँ गेटअप

Written By Gaurab Shrestha on Sunday, April 14, 2013 | 9:45 PM


नायक राजेश हमाललाई फरक गेटअपमा सिनेमा खेल्न नसकेको आरोप लाग्दै आएको छ । तर उनी साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा २ भिन्न गेटअपमा देखिदैछन् । नायक हमाल यो चलचित्रमा ८० को दशकको लुक्समा देखिदैछन् । नायिका करिश्मा मानन्धरसँग नायक हमालले ८० को दशकको गेटअपमा रोमान्स गरेका छन् ।उकेश दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापा, नव कलाकार अरुणिमा लामा लगायतका कलाकारको पनि अभिनय छ । यसैबिच निर्माणपक्षले नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले नृत्य गरेको ‘किन किन’ बोलको गीतको प्रचारमा नयाँ शैली अपनाएको छ । चलचित्रको यो गीतको प्रोमो नयाँ बर्षको अवसर पारेर अनलाइनखबरमार्फत सार्वजनिक गरिएको छ । गीतको पुरा भर्सन भने केही दिनमै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।
यो गीतमा नायक राजेश हमालको गेटअपले बलिउड नायक अक्षय कुमारको याद दिलाउँछ । नायक अक्षय कुमार चलचित्र ‘याक्सन रिप्ले’ मा यस्तै गेटअपमा देखिएका थिए । नायक हमालको यो गेटअपलाई दर्शकले मन पराउने विश्वास निर्देशक उकेश दाहालले गरेका छन् ।
Via- Online Khaber
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger