Headlines News :
Home » » प्रहरी कारबाहीमा डाँका मारिए

प्रहरी कारबाहीमा डाँका मारिए

Written By Gaurab Shrestha on Friday, April 12, 2013 | 10:33 PM


रौतहट, चैत्र ३१ - प्रहरी कारबाहीमा बन्जाराहा गाविसमा शनिबार बिहान एक डाँकाको मृत्यु भएको छ । मृतकको साथबाट २ थान नलकटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
रौतहटका एसपी गोविन्दराम परियारको कमाण्डको टोलीको कारबाहीमा डाँका मारीएको हो । मृतकको सनाखत हुन सकेको छैन । रौतहटमा डकैतीको योजना बनाई लुट्न आएको सूचनाका आधारमा कारबाही गर्दा एकको मृत्यु भएको एसपी परियारले जानकरी दिए ।
डाँका समूह आउदै गरेको सुचना पाए पछि एसपी परियारको टोली राति पौने १ बजे बाटोमा एम्बुस थापेर बसेको थियो । प्रहरी बसेको थाहा पाउना साथ डाँकाले फायरिङ सुरु गरे पछि प्रतिकारमा एकको मृत्यु भएको एसपी परियारले बताए । उनले भने रातिको बेला फायरिङ गर्दै ठुलो समुहमा रहेका अन्य भागेका थिए ।
घट्नास्थल भारतीय सिमा क्षेत्रबाट २ सय मिटर भित्र पर्दछ । प्रहरीले घट्नास्थलबाट २ थान नलकटुवा पस्तोल बरामद गरेको छ । केही दिन अघि स्थानिय टिकुलीया गंाउमा डकैती भए पछि प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो । 'हामी लागातर निगरानीमा थियौ,' एसपी पयिारले भने पेशेवर डााकाको पिछा गर्नेक्रममा राति कारबाही गरेका हौ ।'
जिल्लाको टोली बिहानै घट्नास्थल पुगी मुचुल्का उठाएको छ । स्थानीयले प्रहरी कारबाहीमा मारिएको ब्यक्तिलाई नचिनेको बताएका छन् ।
Via- Kantipur
  
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger