Headlines News :
Home » , » क्यानाडाका विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्रीसँग बियर बाजी हारे

क्यानाडाका विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्रीसँग बियर बाजी हारे

Written By Gaurab Shrestha on Thursday, April 11, 2013 | 9:29 PM


लन्डन, २९ चैत । क्यानाडाली विदेशमन्त्री जोन बेयर्डले महिला आइसहकी च्याम्पियनसिपका लागि अमेरिकी समकक्षी जोन केरीसँग लगाएको बाजी हार्दा बिहीबार एक बाकस क्यानडाली बियर तिर्नुपरेको छ ।

मोलसन क्यानडा नाम गरेको बियरको एक बाकस हस्तान्तरण गर्दै विदेशमन्त्री बेयर्डले क्यानडाली महिलाले निकै राम्रो खेले पनि र जित्लान् जस्तो गरे पनि दूर्भाग्यको रूपमा उनीहरूले विजय हासिल गर्न नसकेको र पुनः अमेरिकी मित्रहरूसँग पराजित भएको बताए ।
मङ्गलबार राति अन्तर्राष्ट्रिय आइसहकी महासङ्घको महिला विश्वविजेता खेल आयोजना भएको थियो र त्यसमा अमेरिकी तथा क्यानडाली समूह भिडेका थिए । उक्त खेलमा अमेरिकी समूह क्यानडाली समूहलाई दुईका विरुद्ध तीन गोल हानी विजयी भएको थियो ।
विदेशमन्त्री बेयर्डले ओटावास्थित अमेरिकी दूतावासका कर्मचारीका लागि पनि भानक्लिक हिलको ब्यु बियरको एक बाकस उपहार दिएका छन् । यस खेलमा अमेरिकी विदेशमन्त्री केरीले साम एडम्सको एक बाकस बियर बाजी लगाएका थिए ।
अमेरिकी विदेशमन्त्री केरीले आफू निकै खुसी भएको, अमेरिकी समूहले खेल जिते पनि आफूले क्यानाडाली महान खेलाडी तथा दुवै पक्षका असाधारण खेलाडीलाई सम्मान गर्ने बताए ।
अमेरिकी विदेशमन्त्री केरी ‘जीएट’ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन लन्डन पुगेका हुन् । उनले उक्त 
बियर तत्कालै नखाने बताए । विदेशमन्त्री केरी यहाँबाट सोल जानेछन् । 


Via-एएफपी

Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger