काठमाडौ, चैत्र ३१ - जंक फुड, चकलेट, कोल्ड डि्रंक्स लगायतको बढ्दो प्रयोगले हाम्रो खानपान बदलिदिएको छ र यसले
'सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत कीराले खाएको छ,' नेसनल डेन्टल हस्पिटलका अध्यक्ष डा. सुशील कोइराला नेपालमा गरिएका दन्त स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनलाई औल्याउँदै भन्छन्, 'औसतमा भन्ने हो भने नेपालका ५० देखि ५५ प्रतिसतसम्म बालबालिकाको दाँत कीराले खाएको छ ।' विशेषज्ञहरूका अनुसार, दाँत कुहिँदा त्यसको सतहमा हुने प्वाल क्याभिटी हो । बोलचालको भाषामा यसलाई दाँतमा कीरा लाग्नु वा दाँत कीराले खानुसमेत भनिन्छ । दाँतमा भएको सूक्ष्म प्वाललाई उपचार नगरी छोड्दा त्यहाँ भोजनका कणहरू जम्मा हुन थाल्छन् ।
धेरैजसो रोगीलाई खाना दाँतमा टाँस्सिने समस्या हुन्छ । प्वाल (क्याभिटी) लाई उपचार नगर्दा, अझ संवेदनशीलता बढेपछि रोगीको दाँतसमेत दुख्न थाल्छ । प्वाल जरोसम्म पुग्नाले र गहिरो हुनाले अमिलो, चिसो पानी, न्यानो पदार्थ, पिउँदा वा चपाउँदा पीडा सुरु हुन्छ । यदि दाँतमा कालो खैरो दाग छ र दाँत दुख्छ भने दाँतमा कीरा लागेको हुन सक्छ र यस्तो बेला दन्त चिकित्सकको सल्लाह
लिनुपर्छ । हाम्रो मुलुकमा बालबालिकाको दाँत कीराले खाने समस्या दन्त स्वास्थ्यमा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा गिजाको समस्या देखिएको छ । सगजाको समस्याचाहिँ वयस्कहरूमा बढी हुन्छ । विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) का अनुसार, औद्योगिक राष्ट्रहरूका ६० देखि ९० प्रतिशतसम्म बाल- बालिकाको दाँतमा कीरा लाग्ने गरेको छ । १२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याउँदै ओम अस्पतालका वरिष्ठ दन्त चिकित्सक हरिश जोशी भन्छन्, 'खानपानमा जागरणको अभाव, बालबालिकालाई दूध ख्वाउने शैली, दूध ख्वाएर मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ ।'
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको र्यालसँग मिलेर प्लाक नामक टाँस्सिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ । यदि धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर 'टार्टर' बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया दाँतमा कीरा लाग्नु हो । दाँतमा कीरा लाग्ने समस्या विकराल रूपमा देखिनुको कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा फरक, चिउरा, मकै, भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थको बढी उपयोग रहेको औंल्याउँदै डा. कोइराला भन्छन्, 'बालबालिकामा पाउरोटी, बिस्कुट आदिको सेवनले असाध्य कीरा लाग्छ ।' पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी उपयोगले कीरा लाग्ने समस्या बढ्दो छ ।
दाँतमा कीरा लाग्न नदिन बचाउ सबैभन्दा महत्त्वपूर्ण रहेको विशेषज्ञहरू बताउँछन् । बालबालिकालाई उचित बानी व्यहोरा, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५५ देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ । 'राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माभmनुपर्छ,' डा. कोइराला भन्छन्, 'खाना खाएपछि मुख पानीले कुल्ला गर्नु मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।' बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ । दाँतमा अड्किएका खाद्यकण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा कीरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन । प्रत्येक स्कुलले बालबालिकालाई बिहान-बेलुका दाँत माभmन प्रेरित गर्नुपर्ने डा. कोइराला औंल्याउँछन् । नरम ब्रसमा पmलोराइड भएको टुथपेस्ट हालेर दाँत माभmनु राम्रो हुन्छ । बालबालिकाको दाँत मुखमा टुसाउनेबित्तिकैदेखि नरम कपासले पुछ्ने गर्नुपर्छ ।
डा. जोशीका अनुसार दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई/चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ । दूधे दाँत देखी नै मुख स्वास्थ्यमा विचार पुर्याउनुपर्छ । बालबालिकालाइ छ वर्षपछि नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ लैजानुपर्छ ।
Via- Kantipur
Post a Comment