Headlines News :
Home » , » एड्स रोगले १९ जनाको मृत्यु

एड्स रोगले १९ जनाको मृत्यु

Written By Resham Shrestha on Saturday, March 2, 2013 | 11:50 PM


addison's disease skin face
भद्रपुर । झापा जिल्लामा पाँच वर्षयता एचआइभी एड्सबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।
 नाइट चेस क्लब काकरभिट्टाले तीन वर्षको अवधिमा गरेको रक्त परीक्षणको तथ्याङ्क  सार्वजनिक गर्दै जिल्ला एड्स समन्वय समिति झापाका संयोजक लिबर्टी श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
मृत्यु हुनेमा १४ जना पुरुष र पाँचजना महिला वा बालबालिका छन् ।
 बृहत् एचआइभी÷एड्स रोकथाम कार्यक्रमअन्तर्गत तीन वर्षको अवधिमा नाइट चेस क्लबले १११ जनाको रक्त परीक्षण गरेको र त्यसमध्ये ९४ जनामा एचआइभी सङ्क्रमण भेटाएको हो ।
उक्त अवधिमा एक हजार २७४ जना यौन रोगीको निःशुल्क उपचार, १३ हजार ४१४ वटा कन्डम वितरण, सुई सिरिन्जबाट लागुपदार्थ सेवन गर्ने ३४ जनालाई यौनरोगको उपचार गरिएको थियो । रक्त परीक्षण गरेकामध्ये दुईजनामा एचआइभी पोजिटिभ भेटिएको कार्यक्रम संयोजक नवराज प्रधानले बताउनुभयो ।
वैदेशिक रोजगारीका लागि विदेशिने कामदारलाई लक्ष्य गरी सञ्चालित उक्त कार्यक्रमअन्तर्गत सन् २००९ देखि २०१३ सम्ममा पाँच हजार ८८९ जनाको रक्त परीक्षण गरिसकिएको छ ।
एचआइभीबाट सङ्क्रमित ९४ जनामध्ये ५९ जना पुरुष र ३५ जना महिला छन् ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger