Headlines News :
Home » » श्रीमतिलाई गर्भवती देखेपछि आत्महत्या

श्रीमतिलाई गर्भवती देखेपछि आत्महत्या

Written By Gaurab Shrestha on Sunday, March 3, 2013 | 6:38 AM


सल्यान,फागुन २० ।मलेसियामा तीन वर्ष काम गरेर फर्किएका सल्यानका एक युवकले श्रीमतिलाई गर्भवती देखेपछि आत्महत्या गरेका छन् । सल्यानको थारमारे गाविस ८ चिलढालेका २६ वर्षिय तेज बहादुर डाँगीले आत्महत्या गरेका हुन् । घर आएपछि माइतिमा बस्दै आएकी श्रीमति ९ महिनाकी गर्भवति भएको थाहा भएपछि उनले आत्महत्या गरेको प्रहरी निरीक्षक ठग बहादुर केसीले जानकारी दिनुभयो । उनको शव जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको छ । डाँगी पाँच दिन अघि मात्रै घर फर्किएका थिए । मृतककी श्रीमतिले भने आफु भतिजो नाता पर्ने केवल बस्नेतबाट पटकपटक बलात्कृत भएको र हल्ला गरेमा मारिदिने धम्की दिएका कारण घटना लुकाउन वाध्य भएको बताएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नीरिक्षक ठग बहादुर केसीले बताउनुभयो ।


Score : Facebook
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger