Headlines News :
Home » » पारसले बोल्न र पानी पिउन थाले (अस्पतालको विज्ञप्तीसहित)

पारसले बोल्न र पानी पिउन थाले (अस्पतालको विज्ञप्तीसहित)

Written By Resham Shrestha on Monday, March 4, 2013 | 9:17 AM


Parash shahaफाल्गुन २१ - थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पूर्वयुवराजको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
अस्पतालले सोमबार जारी गरेको विज्ञप्तीमा उनले बोल्न र पानी पिउन थालेका छन् । 'बिरामी होसमा आएका छन्, संवाद गर्न थालेका छन्,' अस्पतालद्वारा सोमबार साँझ जारी विज्ञप्तीमा भनिएको छ, 'आज बिहानदेखि आफैं पानी पिउन थालेका छन् ।'
विज्ञप्तीमा न्यूरोलोजिकल (नसा)को अवस्थाबारे भने एमआरआई गरेपछिमात्र थाहा हुने उल्लेख छ । झण्डै दुईसाताअघिदेखि भेन्टिलेटरको सहायतामा श्वासप्रश्वास गरिरहेका पूर्व युवराजपारस शाहलाई चिकित्सकहरुले आइतबारदेखि भेन्टिलेटरबिना उपचार गराउन सुरु गरेका छन् । हृदयघात भएपछि बैंककको समितिभेज सुखम्वित अस्पतालमा उपचाररत उनी दुई दिनअघि मात्रै अचेतमुक्त भएका थिए ।
शाहको स्वास्थ्यबारे पारिवारिक सदस्यले सोमबार बिहान अस्पताल पुगेर बुझेका थिए । अत्यन्तै गम्भीर अवस्थामा यही फाल्गुन ८ गते मंगलबार राति ८ बजे त्यहाँस्थित समितिवेज सुखुम्वित अस्पताल भर्ना भएका शाह गत शनिबार दिउँसोदेखि  'अचेतमुक्त' भएका थिए । त्यसपछि उनको शरीरको तापक्रम, रक्तचाप र अंगहरुका चाल पनि सामान्य एवं सक्रिय भइसकेको छ ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा दिन प्रतिदिन आशा लाग्दो सुधार भइरहेको छ । शाह खतरामुक्त भएपछि चिकित्सकको भाषामा उनको हृदयघातको 'खास उपचार' गरिनेछ ।  
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger