Headlines News :
Home » » डिमुवा महोत्सवमा एक करोडको कारोबार

डिमुवा महोत्सवमा एक करोडको कारोबार

Written By Resham Shrestha on Monday, March 4, 2013 | 9:25 AM


२१ फागुन , फलेवास(पर्वत) । मोदी युवा क्लबको आयोजनामा फागुन दोस्रो साता आयोजित डिमुवा महोत्सवमा १ करोड रुपैयाँको आर्थिक कारोबार भएको छ ।
 पर्वतको दोस्रो व्यापारिक क्षेत्र डिमुवा पातीचौरमा फागुन ७ देखि १५ गतेसम्म आयोजना गरिएको महोत्सवमा १ करोड रुपैयाँको कारोबार भएको आयोजकको दाबी छ ।
 महोत्सव आयोजक मोदी युवा क्लबले कुस्मामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार महोत्सवको १ लाख दर्शकले गरेका थिए । दर्शकको चापलाई ध्यानमा राखेर महोत्सवको अवधि तीन दिन थप गरिएको थियो ।
 “सानो ठाउँमा आयोजना गरिएको महोत्सवमा १ लाख दर्शक आएका छन्”, मूल आयोजक समितिका संयोजक एवम् मोदी युवा क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले भने ।
 महोत्सवमा २१ लाख रुपैयाँ सङ्कलन भएको छ । प्रायोजकबाट १७ लाख २५ हजार र टिकट बिक्रीबाट ३ लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको आयोजक समितिका सचिव कमला केसीले जानकारी दिइन् । सङ्कलित रकममध्ये १८ लाख रुपैयाँ खर्च भएको छ । बचत हुने ३ लाख रुपैयाँ समाजघर निर्माण लगायत अन्य सामाजिक र खेलकुद क्षेत्रको विकासमा खर्च गरिने भएको छ ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger