काठमाडौ, फागुन २४ – गएराती रुकुममा केन्द्रविन्दु रहेको पाँच दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ ।रुकुममा केन्द्रविन्दु रहेको भूकम्पको धक्का देशका विभिन्न ठाउँमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख डाक्टर सोमनाथ सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।
राती दश बजेर ३४ मिनेटमा जाँदा गएको भूकम्पले रुकुम, सल्यान, गुल्मी लगायतका जिल्लामा केही घरमा क्षति भएपनि विस्तृत विवरण आउन सकेको छैन ।
रुकुमका प्रहरी प्रमुख राजेन्द्र भट्टले एयरपोर्टको एउटा भवनमा क्षति भएपनि अरु विवरण संकलनको क्रममा रहेको बताउनु भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आफ्नो वेवसाईटwww.seismonepal.gov.np मा विस्तृत विवरण उपलब्ध हुने जनाएको छ ।

Via : Ujjyalo
Post a Comment