Headlines News :
Home » » भुवन केसीदेखि हुइयांलाई ईष्र्या जाग्न थालेको छ

भुवन केसीदेखि हुइयांलाई ईष्र्या जाग्न थालेको छ

Written By Gaurab Shrestha on Wednesday, March 6, 2013 | 7:44 AM

भुवन केसीदेखि हुइयांलाई ईष्र्या जाग्न थालेको छ । नेपाली चलचित्र क्षेत्रमा यत्रा नायक छन्, यत्रा कलाकार छन्, तर केही नायिकाहरु खाली भुवनकै पछि लाग्छन् भन्या । चलचित्र क्षेत्रमा कुनै पनि कोणबाट असम्बन्धित महिला पनि उनकै पछि लाग्नु पर्ने, आधा दर्जनभन्दा नायिका तथा मोडल पनि उनैको पछि लाग्ने ? उहिलेका कुरा त हुइयां बिर्सन पनि तयार छ । आफुभन्दा तीसौं वर्ष माथिका एटीएम गर्ल जीया केसी समेत बुढ्यौलीतिर उक्लिरहेका भुवनको पछि लागेको देखेर हुइयांलाई भुवनप्रति साह्रै ईष्र्या जागेको छ ।

सामान्य भेटघाट र बोलचाल हुनु सामान्य र स्वाभाविक कुरा हो । भुवन र जीया त साँझ पर्नै हुँदो रहेनछ, डेटिङका लागि दरबारमार्गतिर पुगिहाल्दा रहेछन् बा । कान्छी पत्नी सुष्मिता केसीसँग छुट्टिएपछि एक्ला परेका भुवन साँझ पर्नासाथ जीयालाई बोलाई हाल्दा रहेछन् । हुइयांलाई त रिस पनि उठ्छ भुवनले बोलाउनासाथ उनी किन हाम फालेर गईहाल्नु पर्ने नि ? साँझ भेटेर शुरुमा कफी पियो, त्यसपछि दोहोरीमा गएर दोहोरी सुन्दै नाचगान गर्यो अनि फेरी गजल रेष्टुराँतिर लाग्यो । मध्यरातसम्म घुमेको घुम्यै । गोरी जीयाको यो क्रियाकलाप देखेर हुइयांलाई दिक्क लागिसक्यो । सबैभन्दा बिझाउने कुरा त ‘आई लभ भुवन केसी’ रे । कति नै अरु कोही नभएजस्तो । यसो हुइयांतिर पनि फर्केर हेर्नु नि ?

Via : Kamana
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger