काठमाडौ, फागुन २४ – बन्दले गर्दा कारोबार प्रभावित भएपछि कालीमाटी तरकारी बजारका व्यापारीहरुले बेलुकी ५ बजेपछि पसल खोल्न थालेका छन् ।थोक बजारमा आएका तरकारीहरु नोक्सान हुने डर भएपछि उनीहरुले बेलुकीको समयमा कारोबार थालेका हुन् । बन्द खुलेपछि तरकारी विक्री हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बन्दले गर्दा उपभोक्ता बजारमा नपुगे पनि बुधबार बेलुकी खुद्रा व्यापार भने भएको समितिले जनाएको छ ।
आवश्यकता मात्रामा हरियो तरकारीको उत्पादन भइरहेकाले तत्काल भाउ बढ्ने सम्भावना नरहेको बिक्रेताहरुको भनाई छ ।
आवश्यकता मात्रामा हरियो तरकारीको उत्पादन भइरहेकाले तत्काल भाउ बढ्ने सम्भावना नरहेको बिक्रेताहरुको भनाई छ ।
Via : Ujjayalo
Post a Comment