Headlines News :
Home » » एक दिनको बन्दले साढे दुई अर्ब घाटा !

एक दिनको बन्दले साढे दुई अर्ब घाटा !

Written By Resham Shrestha on Thursday, March 7, 2013 | 4:36 AM


२४ फागुन, काठमाण्डौ । एक दिनको बन्दले करिब साढे दुई अर्ब बराबर घाटा हुने नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ । महासङ्घ उद्योग विभाग समितिका अध्यक्ष दिनेश श्रेष्ठले एक दिनको बन्दमा प्रत्यक्ष रूपमा कृषि उत्पादनबाहेक दुईदेखि साढे दुई अर्ब घाटा हुने महासङ्घको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।
मिडिया इन्टरनेसनलले शनिवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उहाँले भन्नुभयो-”एक दिनको बन्दले दुई अर्बभन्दा बढी घाटा हुन्छ, यसले १५ लाख सानाठूला व्यवसायी मारमा परेका छन् । बन्दले उत्पादनसँगै आपूर्ति र निर्यातमा ठूलो घाटा पुगेको छ, यसबाट उद्योगी-व्यवसायी पलायन भएका र उत्पादन घट्दो अवस्था छ ।”अध्यक्ष श्रेष्ठका अनुसार देशभर साना ठूला गरेर १५ लाख व्यवसायी छन्, त्यसमध्ये एक लाख १० हजार कम्पनी दर्ता गराएका व्यवसायी छन् ।
कार्यक्रममा अर्थविद् डा चन्द्रमणि अधिकारीले बारम्बारको बन्दले देशको आर्थिकमात्र नभई सामाजिक क्षेत्रमा पनि असर पुर्‍याएको बताउनुभयो । उहाँले राजनीतिक दलहरूले बन्दहडताल गर्नु भनेको आफँैले आत्महत्या गरेसरह हुने र यसले आमजनतामा वितृष्णा पैदा हुने भन्दै राजनीतिक दलहरूले बन्दको संस्कृति सधैँका लागि बन्द नगरे उनीहरूको भविष्य समाप्त हुने टिप्पणी गर्नुभयो ।
राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष रमेशचन्द्रबादे श्रेष्ठले बारम्बारको बन्दले मुलुकका व्यवसायी मारमा परेका भन्दै बन्दहडतालको संस्कृति सदाका लागि अन्त्य गरी आर्थिक क्षेत्रलाई शान्तिक्षेत्रका रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

Onlinekhabar
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger