Headlines News :
Home » » ऋतुको प्रोमो र पोष्टर सार्वजनिक

ऋतुको प्रोमो र पोष्टर सार्वजनिक

Written By Gaurab Shrestha on Sunday, August 25, 2013 | 8:20 AM

सिड्नी । अस्ट्रेलियाका नेपालीको लगानिमा निमार्ण भैरहेको चलचित्र ऋतुको प्रोमो र पोष्टर सार्वजनिक भएको छ । आज सिड्नीमा आयोजित एक कार्यक्रममा  नेपाली समुदायका प्रतिनिधिहरुमाझ चलचित्र ऋतुको प्रोमो र पोष्टर सार्वजनिक भएको हो । उक्त कार्यक्रममा बोल्दै  एन आर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले नेपाली युवाहरुको लगानि र मेहनेतलाई प्रवर्द्धन गर्न आफूले सधै सहयोगिको भुमिका निभाउने बिचार राखेका थिए ।
कार्यक्रममा ऋतु चलचित्र निमार्ण टोली र चलचित्रका सिड्नीमा रहेका कलाकारहरुको परिचय गराईको थियो । उक्त कार्यक्रममा एनआरएन ओसिनिया संयोजक मन केसी, एनआरएन अस्ट्रेलियाका  महासचिव भरत पोखरेल, अस्ट्रलियन सरकारका मन्त्री स्तरिय सल्लाहकार समिति सदस्य महेन्द्र लम्साल, चलचित्र वितरक दिनेश पोखरेलले सफलताको शुभकामना दिएका थिए । चलचित्रमा रालबल्भ कोईराला, मलिना जोशी, रीमा बिश्वकर्मा, मन के सी, कमल सिलवाल, बुलसन लाम्गादे, इभा इभानोभा, सुशिला बुढाथोकी लगाएतको अभिनय रहेको छ ।
यो चलचित्रमा निस्प्रभ सजीका गीत,  हेमन्त राना र सुजिल कर्माचार्यको संगीत रहेको छ । यस्तै कोरियोग्राफी भिमसेन गुरुङ, सैलु आचार्य, सुरज प्रधान र अशोक गौतम निर्माता रहेका छन् । आल्फ फिल्म्सको ब्यानरमा निमार्ण भैरहेको यो चलचित्रका निर्देशक मनोज अधिकारी रहेका छन् ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger