खोला तारेको पाँच हजार
- पुल-पुलेसा नहुँदा फस्टाएको खोला तार्ने व्यवसाय
महिला तथा बालबालिका जिल्ला कार्यालयमा कार्यरत आफ्नी पत्नी गीतालाई मोटरसाइकलमा राखेर दैलेखबाट सुर्खेत हुँदै जाजरकोट पुर्याउन वसन्त श्रेष्ठलाई गाह्रै पर्यो। मोटरसाइकलमा हालेको इन्धनबाहेक उनले ४ हजार ६ सय रुपियाँ थप खर्च गरे। सल्लीबजार-जाजरकोटको ६३ किलोमिटर सडकखण्डमा पर्ने खोला तर्न उनले यो रकम खर्चेका हुन्। उनले नौवटा खहरे खोलामध्ये तीनवटामा त मोटरसाइकल र श्रीमतीलाई आफैँले तारे। तर, ६ वटामा स्थानीय युवाको सहयोग नलिई धरै पाएनन्।
श्रेष्ठ दम्पती मात्रै नभई सुर्खेतका आठ गाविस, सल्यानका सात गाविस र जाजरकोट जिल्लावासीको साझा समस्या हो यो। वर्षा याममा यात्राका क्रममा जोखिम र कष्टको त कुरै छाडौँ, आर्थिक भारका दृष्टिले समेत उत्तिकै महँगो साबित हुन्छ, यो बाटो। श्रेष्ठ भन्छन्, "चार घन्टाको बाटो काट्न १८ घन्टा लाग्यो।" उनका भनाइमा स्थानीय युवाले मोटरसाइकललाई खोला तारििदएबापत पाँच सयदेखि एक हजार रुपियाँसम्म ज्याला लिन्छन्। यात्रु तारेको चाहिँ ग्राहक हेरेर जनही ७५ रुपियाँदेखि तीन सय रुपियाँसम्म भाडा असुल्ने गरेको वन रक्षक धर्म महतारा बताउँछन्। भन्छन्, "गत साता मात्रै सल्लीबजारबाट आउन खोला तरेको आठ सय रुपियाँ तिरेँ।" खोला किनारमा बसेका प्रत्येक युवाले यात्रु र मोटरसाइकललाई खोला तारेर मात्रै प्रतिदिन २ हजार ५ सयदेखि चार हजार रुपियाँसम्म कमाइ गर्ने फेरा खोलाका होटल व्यवसायी कर्ण शाही बताउँछन्।
राकमबाट जाजरकोटका लागि छुटेका यात्रुवाहक बस र मालवाहक ट्रयाक्टरहरूलाई भने सडक निर्माणमा संलग्न ठेकेदारका स्काभेटर र डोजरले सशुल्क तार्छन्। डोजरले खोलामा फसेका बस तार्न १ हजार ५ सयदेखि ६ हजार रुपियाँसम्म लिन्छन्।
भेरी नदीमा मिसिने यी खहरे खोलाहरू दुर्घटना र जनधनको क्षतिका प्रमुख कारक बनेका छन्। यिनै नौ खोलामा बर्सेनि करबि दर्जन यात्रु र स्थानीयको बगेर ज्यान जाने गरेको छ। सरकारी निकायसँग भने यसबारे आधिकारकि तथ्यांक छैन। सल्यान देवस्थलको सल्लीबजारबाट जाजरकोटसम्म पुग्न सार्वजनिक यातायात र पैदल यात्रुका लागि कुनै पनि खोलामा पुल छैनन्। सल्यानको बंगार खोला, सुर्खेतका काली खोला, बाली खोला, गोजी खोला, गजेडी खोला र जाजरकोटका छेडा खोला, फेरा खोला, इबर खोला र पासागार खोला पार गर्नुपर्छ। यी खोलाको बहाव स्थायी नहुने र पुल पनि नभएका कारण यात्रुलाई निकै गाह्रो भएको राकम, जामुने बजारका कुवेर पोखरेल बताउँछन्।
नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवाले भेरी नदीमा पुल निर्माण गर्न लागेको १० वर्ष बिते पनि हालसम्म अधुरै छ। १४ वर्षदेखि फेरीमार्फत हिउँदमा यातायातका साधनहरू तार्ने सुविधा भए पनि जेठदेखि कात्तिकसम्म ६ महिना बन्द हुन्छ। "नेपालगन्ज र सुर्खेतजस्ता सहरबाट जाजरकोट पुग्न दुई-तीनवटा सवारी साधन फेर्नुपर्ने बाध्यता छ," भेरीगंगा यातायात व्यवसायी संघका अध्यक्ष सुरेश कार्की बताउँछन्।
विश्व बैंकको सहयोगमा चार खण्डमा विभाजन गरेर सुर्खेत पोखरेबाट खलंगासम्म सडकको स्तरोन्नति गरिँदै छ। तर, खोलाको भाग आफ्नो जिम्मेवारी नभएको भन्दै ठेकेदारहरू पन्छिँदै आएका छन्।
भेरी नदीमा फेरी नचल्ने कारण देखाउँदै जाजरकोटका व्यापारीहरू दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य असुल्छन्। उपभोक्ता हित संरक्षण मञ्चका सचिव दीपेन्द्र शर्मा भन्छन्, "वर्षामा फेरी चल्दैन भनेर मूल्य बढाउँछन् तर फेरी चल्यो भनेर कहिल्यै घटाउँदैनन्।"
मौसमी रोजगारी
कामका लागि भारतका विभिन्न भागमा भौँतारिनु मध्यपश्चिम पहाडका युवाको परम्परागत पेसाजस्तै भइसकेको छ। तर, सल्यान देवस्थल र सुर्खेतको सिम्ता क्षेत्रका युवा भने वर्षा लागेपछि गाउँघरमै राम्रो आम्दानी गर्छन्। छिन्चु-जाजरकोट सडक सञ्चालन हुनुअघि गाउँघरमा कमाइ नभएर कालापार -सीमापारि) जाने युवा अचेल वर्षा लागेपछि गाउँमै रोजगार पाइने भयो भनेर खुसी हुन्छन्। किनभने, सानैदेखि रमाइलोका लागि खेल्दै आएको पौडीको सीप यतिखेर आय आर्जनका लागि काम लागेको छ। वर्षातले अपर्झट उर्लिने खहरे खोलामा यात्रु, मोटरसाइकल र अरू सरसामान तार्न उनीहरूलाई भ्याइनभ्याइ हुन्छ। त्यति मात्रै होइन, आफ्नो रोजगारका लागि यात्रुलाई असहज बनाउन र खोला बाँडिने बगरमा पनि एउटै धारमा बग्न बाध्य बनाएर समेत दुःख दिने गरेको गुनासो जाजरकोटवासीको छ।