धन आर्जन र सहवासबीच कस्तो सम्बन्ध होला ? धेरै मानिसहरुको के धारणा छ भने सहवास र धन आर्जनसँग कुनै सम्बन्ध हुँदैन । तर पछिल्लो अध्ययनले भने यो कुरालाई गलत सावित गर्दै धेरै सहवास गर्ने मानिसले धेरै पैसा कमाउने तथ्य पत्ता लगाएको छ ।

यसको अभावमा मानिसहरु एकान्तवासी, सामाजिक रुपमा निरास तथा डिप्रेसनको सिकार समेत हुने र त्यसले उनीहरुको कार्यसम्पादनमा असर पूराएर स्वतः कम कामका कारण कम ज्याला पाउने शोधकर्ता डाक्टर निक ड्राइडाकिस बताउँछन् ।
शोधका क्रममा २६ देखि ५० वर्ष उमेर समूहका साढे ७ हजार मानिसमा अध्ययन गरिएको थियो । यसमा एकल मानिस तथा समलिंगी जोडी समेत सहभागी गराइएको थियो । उनीहरुलाई आफ्नो स्वास्थ्य, यौनिक क्रियाकलाप, रोजगारीको अवस्था तथा कमाइको बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा के पाइयो भने जो मानिस हप्तामा कम्तिमा पनि ४ पटक सहवास गर्थे उनीहरुले त्यसभन्दा कम सहवास गर्ने मानिसले भन्दा ५ प्रतिशत बढि धन कमाउँथे ।
Post a Comment