Headlines News :
Home » » नेपालद्वारा इटली पराजित, विश्वकप छनौट खेल्ने

नेपालद्वारा इटली पराजित, विश्वकप छनौट खेल्ने

Written By Resham Shrestha on Saturday, May 4, 2013 | 11:49 PM


नेपाल आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा उक्लिएको छ । बर्मुडामा भइरहेको डिभिजन ३ प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा नेपालले इटालीलाई ८ विकेट र घरेलु टिम बर्मुडाले अमेरिकालाई ५ विकेटले हराएपछि नेपाल डिभिजन दुईमा उक्लिएको हो ।नेपाल र अमेरिकाको ५ खेलबाट समान ६ अंक भए पनि नेट रनरेटको आधारमा नेपालले अमेरिकालाई पछि पार्दै युगाण्डासँगै डिभिजन २ मा उक्लिएको हो । नेपालले सन् २०१५ को वान डे वल्र्डकपको बाटो मानिएको न्यूजिल्याण्डमा २०१४ मा हुने वर्ल्र्डकप छनौटमा सहभागिता जनाउन पाउने भएको छ ।सुरुका दुई खेलमा हार व्यहोरेको नेपालको लागि शनिबार चमत्कारीक दिन रह्यो । नेपालले आज बेलुका फाइनलमा युगाण्डाको सामना गर्नेछ ।नेपाललको कसिलो बलिङमा पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा एकसय २७ रन बनाएको इटलीलाई नेपालले सजिलै पछ्याएको थियो । नेपालका प्रारम्भिक व्याट्सम्यान प्रदीप ऐरी र सुबास खकुरेलले ८७ रनको साझेदारी गरेपछि नेपालले सजिलै बिजय भेट्टाएको हो ।चार चौका र २ छक्काको मद्दतले ३५ बल खेल्दै ४७ रन बनाएका सुबास आउट भएपछि मैदान प्रवेश गरेका कप्तान पारस खड्काले ८ बल खेल्दै २२ रन बनाए । त्यसपछि मैदान प्रवेश गरेको उपकप्तान ज्ञानेन्द्र मल्लले धेरै मेहनत नगर्दै नेपालले लक्ष्य भेट्टायो । मल्लले प्रदीप ऐरीसँग अन्तिम साझेदारी गरेका थिए । ऐरीले ४२ रन बनाएर नट आउट रहे ।टस जितेर पहिले फिल्डिङ राजेको नेपालका लागि सुरुवातमा कप्तान पारस खड्काले बलिङ गरे । १० ओभर बलिङ गर्दै उनले तीन मेडनसहित २४ रन मात्रै खर्चिए जसले इटालीको स्कोर खुकुलो बन्न पुग्यो । सञ्जम रेग्मी र राहुल विश्वकर्माले तीन तीन विकेट लिए । शक्ति गौचनले २ र बसन्त रेग्मीले एक विकेट लिए । 
Copy right: Kantipur
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger