Headlines News :
Home » , » मेरो मनको साथी र हिम्मत २ भिड्ने, साँघुरो अनिश्चित

मेरो मनको साथी र हिम्मत २ भिड्ने, साँघुरो अनिश्चित

Written By Gaurab Shrestha on Friday, April 26, 2013 | 10:06 PM


काठमाडौं, बैशाख १२ - फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार दुईवटा नेपाली चलचित्रहरु रिलिज हुदैछन्  । ती हुन ‘मेरो मनको साथी’ र ‘हिम्मत २’ । चलचित्र ‘मेरो मनको साथी’ नेपालभर प्रर्दशन हुदैछ भने ‘हिम्मत २’ काठमाडौंका १८ वटा हलमा लाग्दैछ ।
चलचित्र हिम्मत २ राजधानी बाहिर ३ बर्ष अघि नै प्रर्दशनमा आएको चलचित्र हो । ६५ लाख लगानी रहेको यो चलचित्रले राजधानी बाहिरबाट नै लगानीको ९५ प्रतिशत रिकभर गरिसकेको छ ।
मुलधारभन्दा बाहिर रहेर निर्माण गरिएको चलचित्र ‘साँघुरो’ पनि बैशाख १३ गते नै रिलिज गर्ने हिसाबले पब्लिसिटी गरिएता पनि वल्र्ड बाईड रिलिज राईटको कुरा मिलाउन बाँकी रहेकाले यो फिल्म शुक्रबार प्रर्दशनमा नआउने भएको छ ।
चलचित्रको प्राविधिक काम नै नसकिएकाले चलचित्र रिलिज हुन नसकेको भन्ने खबर झुटो रहेको निर्देशक जोयस पाण्डे बताउछन् । “चलचित्रको सबै काम सकिएर सेन्सर पास भई सकेको हाम्रो चलचित्रको प्राविधिक काम सकिएको छैन भन्ने खबर गलत हो” उनले भने “चलचित्रलाई बल्र्ड बाईड रिलिज गर्ने विषयमा कुरा भईरहेको छ, त्यही भएर हामी पछाडी सरेका हौ ।” अब चलचित्र साँघुरो बैशाख २७ गते रिलिज हुनेछ ।
हिम्मत २ पनि गत साता नै रिलिज गर्ने भनेर निर्देशक दिपक श्रेष्ठले निकै पब्लिसिटी गरेका थिए तर चलचित्रले हल नपाएपछि चलचित्र यो हप्ताको लागि ठेलिएको हो ।
हिम्मत २ दिपकको आफ्नै होम प्रोडक्सनको चलचित्र हो । काठमाण्डौंको ब्यापारले फाईदा दिने कुरामा दिपक श्रेष्ठ ढुक्क देखिन्छन् । “कतारमा पनि हामीले देखाएका थियौ फिल्म, राम्रो प्रतिक्रिया आयो” दिपक भन्छन् “अब मलेसियामा प्रर्दशन गर्ने तयारी गर्दैछु ।”
हिम्मत २ मा नायक, नायिका, हाँस्यकलाकार सबैलाई दोहोरो भुमिकामा देखिनेछन् । चलचित्रमा कुकुरले समेत अभिनय गरेको छ ।
रमाईलो कुरा त के छ भने, कुकुरको पनि दोहोरो भुमिका छ चलचित्रमा । बिराज भट्ट, युना उप्रेती, श्रीकृष्ण लुईटेललगायतका कलाकारको अभिनय रहेको छ चलचित्र हिम्मत २ मा ।
तर यो चलचित्रका कलाकार भने रिलिजको बेलामा साथमा छैनन् । विराज भट्ट भोजपुरी चलचित्रमा अभिनय गर्न भारतमा छन् । युना उप्रेती अमेरिकामा छिन् भने श्रीकृष्ण पनि श्रेष्ठको सम्पर्कमा छैनन् ।
त्यस्तै शुक्रबार रिलिज हुने अर्को चलचित्र ‘मेरो मनको साथी’ पनि लामो समयको प्रतिक्षा पछि प्रर्दशनमा आउन लागेको चलचित्र हो । साथी साथी बीचको कथामा बनेको यो चलचित्रको निर्देशन गरेका छन प्रदीप श्रेष्ठले । प्रदीपका अनुसार पुरा नै धारको चलचित्र बनाउने निर्देशकको ट्यागलाई यो चलचित्रले चिर्ने छ ।
राजेश शाहीले लगानी गरेको यो चलचित्रमा राजेश हमाल, जीवन लुईटेल, आयुष रिजाल, सुनिलदत्त पाण्डे, मिथिला शर्मा लगायतका कलाकारलाई देख्न पाईनेछ । चलचित्रमा महेश खड्काको संगीत रहेको छ भने चलचित्रलाई राम शरण उप्रेतीले खिचेका हुन् ।
चलचित्रमा प्रयोग गरिएको ग्राफिक्स चित्त नबुझेपछि चलचित्रको धेरै प्राविधिक काम दोहोर्‍याउनु परेकाले चलचित्र रिलिजमा ढिला भएको छ । मेरो मनको साथी न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा बनेको सिनेमा हो ।
Via- Ujjyalo
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger