Headlines News :
Home » » पाथीभरा दर्शन गरेर फर्केका पाँच तीर्थयात्रीको मृत्यु

पाथीभरा दर्शन गरेर फर्केका पाँच तीर्थयात्रीको मृत्यु

Written By Gaurab Shrestha on Tuesday, April 9, 2013 | 10:58 PM


ताप्लेजुङ , चैत्र २८ - ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री चढेको दुर्घटना हुँदा मृत्यु 
हुनेको संख्या पाँच पुगेको छ । घाइते १९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा काठमाडौं नैकापका इश्वरी थापा, मैया वुढाथोकी, गीता दवाडी, रेनु श्रेष्ठ र बनेपाकी गीता थापा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शव जिल्ला अस्पतालमा राखिएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ । त्यसका लागि पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले समन्वय गरेको छ ।
डाक्टर अनिल चौधरीका अनुसार घाइतेमध्ये दुई जनाको छातीमा चोट भएकाले उनीहरुलाई छ घण्टा सम्ममा सुविधा सम्पन्न अस्पताल पुर्‍याउनु पर्ने अवस्था छ । प्रहरीका अनुसार मे १ त २१०० नम्वरको ट्याक्टर सडकवाट ३ सय मिटर तल झरेको थियो । घाइतेहरुलाई नेपाली सेना, प्रहरी र स्थानियवासीले उद्धार गरेका थिए ।
काठमाडौंबाट बस रिजर्भगरी आएका ३६ जना दर्शनार्थी दुर्घटनामा परेका थिए । ट्याक्टर रोकेर चालक शौच गर्न वाहिर गएको वेला ट्याक्टर झरेको ट्याक्टरमा सवार दर्शनार्थी तारा वुढाथोकीले वताए । ट्याक्टर झरेपछि तीन जनाले हामफालेर ज्यान वचाएका छन् ।  
ट्याक्टर चालक भिम वहादुर शेर्पा फरार छन् ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger