मापसे अभियान धेरै पियक्कडहरूका लागि टाउको दुखाइको विषय हुनसक्छ। नखाउ भने तलतल लाग्ने, खायो ट्राफिकले समात्ने। अब उनीहरूका लागि अझ ठूलो समस्या आउन सक्छ। वैज्ञानिकहरू यस्तो गाडीको निर्माणमा बनाउन जुटेका छन्, जुन पियक्कडहरूले हाँक्न सक्दैनन्। गाडीमा हुने टच र ब्रेथ बेस्ड सेन्सरले चालकको अवस्था पत्ता लगाउँछ। यदि मदिरा पिएको भए इन्जिन नै स्टार्ट हुँदैन। अनुसन्धानकर्ता बड जूक भन्छन्- 'हाम्रो उद्देश्य यस्तो सेन्सर बनाउने हो, जसबाट ड्राइभिङ सिटमा बसेको मानिसले १ दशमलव १८ भन्दा बढी पिएर त आएको छैन भन्ने कुरा पत्ता लागोस्।' गाडीमा टच बेस्ड डिटेक्टर हुँदाको फाइदा स्टार्ट बटम थिच्नासाथ गाडीको इन्जिन स्टार्ट हुन्छ र एउटा छोटो इन्प|mारेड लाइट औंलामा चम्किन्छ। उक्त लाइटले औंलाको टिस्यूमा अल्कोहलको मात्रा देखाउँछन्। अल्कोहलको मात्रा १ दशमलव १८ भन्दा बढी पाइए गाडी चल्दैन। यस्तै सासमा अल्कोहलको मात्रा चेक गर्न स्टेयरिङमा सेन्सर हुन्छ। यद्यपि यो गाडी बजारमा आउन अझै केही वर्ष लाग्न सक्छ।
Via- Saptahik
Post a Comment