Headlines News :
Home » , » महिला भारोत्तोलन प्रतियोगिता

महिला भारोत्तोलन प्रतियोगिता

Written By Gaurab Shrestha on Friday, March 1, 2013 | 2:38 AM


१८ फागुन, काठमाण्डौं । नेपाल भारोत्तोलन संघ र वीरगन्ज स्विमिङ पुल तथा हेल्थ क्लबको संयुक्त आयोजनामा खुला राष्ट्रिय पुरुष तथा महिला भारोत्तोलन प्रतियोगिता वीरगन्ज हुने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै संघका महासचिवा पार्थ सारथी सेन गुप्तले प्रतियोगिता चैत्र ८ र ९ मा हुने जानकारी दिएका छन् । प्रतियोगिता वीरगन्जको स्विमिङ पुल तथा हेल्थ क्लबमा हुनेछ ।
प्रत्येक चार महिनामा एक प्रतियोगिता आयोजना गर्ने संघको कार्यक्रम अनुरुप प्रतियोगिता हुन लागेको महासचिव गुप्तले बताए ।
विभिन्न १७ जिल्ला, नेपाल प्रहरी र नेपाली सेनाका करिब १ सय १० खेलाडीले १५ तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा पुरुषमा ८ र महिलामा ७ वजनसमूह रहेका छन् ।
पुरुषमा ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी, १०५ केजी र १०५ केजीमाथिमा खेल हुनेछ । महिलामा ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी र ७५ केजीमाथिमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger