Headlines News :
Home » » न्यायाधीश बम कान्छा शहीद

न्यायाधीश बम कान्छा शहीद

Written By Resham Shrestha on Thursday, March 7, 2013 | 4:40 AM


२४ फागुन, काठमाडौं । गत जेठ १८ गते हत्या गरिएका न्यायाधीश रणबहादुर बम कान्छा शहीदको सूचीमा पर्नुभएको छ । गृहमन्त्रालयले बुधबार सार्वजनिक गरेको शहीदको सूचीमा उहाँको नाम सबैभन्दा पुछारमा अर्थात एकसय २७ औं नम्बरमा परेको छ । मन्त्रिपरिषदको असार १ गतेकै निर्णयअनुसार उहाँलाई शहीदको सूचीमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
अरुलाई न्याय दिने अदालतका न्यायाधीशको हत्यारा राज्यले अहिलेसम्म फेला पार्न सकेको छैन । बमका परिवारले उचित न्याय पाउन नसकिरहेका बेला सरकारले शहीदको सूचीमा राखेर थुमथुम्याउने प्रयास गरेको छ । त्यसो त २०६२/०६३ को जनआन्दोलनपछि यस्तै प्रकृतिका घटनामा मारिएका धेरैलाई शहीदको सूचीमा राखिएको छ । यसअघि गृहमन्त्रालयले शहीदको सूचीमा एकसय १ जनाको नाम राखेको थियो ।
सरकारमा रहेका मधेसी मन्त्री तथा बिभिन्न वर्ग र समुदायको दबाबमा असम्बन्धित घटनामा मारिएकालाई पनि शहीदको सूचीमा राखिएको आरोप लाग्दै आएको छ । जथाभावी शहीद घोषणा गर्ने क्रम बढिरहेको भन्दै बिरोध भैरहेका बेला गृहमन्त्रालयले फेरि शहीदको सूची लम्ब्याएको हो । यसबाहेक शान्ति मन्त्रालयले सिफारिस गरेका हजारौं शहीदको सूची अझै कार्यान्वयन हुन बाँकी छ ।

Source: onlinekhabar
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger