अमेरिकामा गरिएको एक अध्ययनअनुसार यदि कसैले मज्जाले मदिराका साथमा चुरोट पनि पिउँछ भने उसलाई रक्सीको नशा अझ बढी लाग्छ। यति धेरै कि अर्को दिनसम्म पनि रक्सीको ह्यांग कायम रहन्छ। तथापि धूमपानका कारण किन रक्सीको ह्यांगओभर बढ्छ ? भन्ने कुराको यकिन कारण भने खुल्न सकेको छैन। यो शोधपत्र तयार पार्नेमध्येका एक डाक्टर दामारिस रोहजेनाभ भन्छन्, 'नियमित रूपमा रक्सी पिउनेहरूमा भोलिपल्टसम्म पनि ह्यांगओभर रहने सम्भावना हुन्छ जो रक्सीका साथै चुरोट पनि पिउँछन्।' उनका अनुसार धूमपान नगर्नेमा भन्दा धूमपान गर्नेमा ह्यांगओभरको जोखिम बढी हुन्छ। डा. दामारिसले रक्सी र धूमपानका बीच निकै जटिल सम्बन्ध रहेको पनि बताएका छन्।
चुरोटले बढाउँछ रक्सीको ह्यांगओभर
Written By Resham Shrestha on Saturday, March 2, 2013 | 4:53 AM
Labels:
Health
Post a Comment