प्रतियोगितामा छनौट हुन नेपालसँग सोमवार खेल्ने बंगलादेश र वुधवार खेल्ने प्यालेस्टाइन तगारोका रुपमा छन् ।
नेपालको दोश्रो फराकिलो जितसन् १९९९ को साफ च्याम्पियनसिपलाई भुटानमाथि ७-० को उत्कृष्ट प्रदर्शन गरेको नेपालको त्यसपछिको यो दोश्रो फराकिलो जित हो ।
नेपालले सन् २००२ को विश्वकप छनोटमा मकाउलाई ६-१ हराएको थियो ।
यस्तै दुई वर्षअघि रंगशालामा विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगमा टिमोर लिस्टेलाई ५(० ले हराएको थियो ।
नर्दन मारियाना आइल्याण्ड शिक्षकहरुको टोलीनेपालसँग खेल्नुअघि नर्दन मारियाना आइल्याण्ड गुमनाम टोलीका रुपमा थियो । फिफा वरियतामा नै नपरेको नर्दन मारियाना आइल्याण्डका खेलाडी शनिवार नेपाल सामु निरिह जस्तै देखिए ।
व्यवसायिक फुटबलको सुरुवात नै नभएको नर्दन मारियानको टोलीबाट खेल्ने अधिकांस खेलाडीको मुख्य काम खेल्नु होइन । उनीहरु जिविकोपार्जनका लागि शिक्षण तथा अरु नै पेश गर्न वाध्य छन् । दशरथ रंगशालामा नेपालसँग हारेपछि नर्दन मारियाना आइल्याण्डका एक पदाधिकारीले आफ्नो टोलीका केही खेलाडी पेशाले शिक्षक रहेको बताए । उनीहरुले हप्तामा दुई दिन मात्र फुटबल अभ्यास गर्छन् ।
खेल पछिको पत्रकार सम्मेलनमा प्रशिक्षक को लुम खेनले पनि टिममा रहेका कतिपय खेलाडीले २० महिनाअघि मात्र फुटबल खेल्न थालेको जानकारी गराए । २० हजारको हाराहारीमा रहेको नेपाली समर्थक माझ खेल्दा आफ्ना खेलाडीले नयाँ अनुभव गर्न पाएको पनि उनले बताए ।
आफ्नो टोलीले पहिलो पटक यति ठूलो प्रतियोगिता खेलेको बताउने प्रशिक्षक खेनले यसअघि आफ्ना खेलाडीले १ सय जनाभन्दा बढीको क्राउडमा कहिल्यै नखेलेको बताए ।
नेपालको लागि चौथो ह्याट्रिक गर्ने भरतनर्दन मारियाना आयरल्याण्डविरुद्ध ह्याट्रिक गर्ने भरत खवास नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने चौथो खेलाडी हुन् । भरतले ४ औं, ४० औं र ७१ औं मिनेटमा गरी ह्याट्रिक पुरा गरे । यसअघि नेपालका लागि यसअघि गणेश थापा, नरेश जोशीले र निराजन रायमाझीले अन्तर्राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक गरेका थिए ।
तेह्रौ खेलमा पहिलो जितनर्दन मारियाना आइल्याण्डविरुद्धको जित नेपालले खेलेका १३ खेलपछिको पहिलो जित हो । सन् २०११ को डिसेम्बर ४ मा भारतको नयाँ दिल्लीमा बंगलादेशलाई १–० ले हराएपछिको यो नेपालको पहिलो जित हो ।
Post a Comment