Headlines News :
Home » » ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ

ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ

Written By Gaurab Shrestha on Saturday, March 2, 2013 | 7:54 PM

चाँदनी हमाल, चितवन, फागुन २० - पूर्व राज्यमन्त्री करिमा बेगमलाई लिएर वीरगन्जबाट नवलपरासी त्रिवेणी जाँदै गरेको टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। जिपको ठक्करबाट मोटरसाइकल चालक चितवन भरतपुर-७ कृष्णपुरका ३३ वर्षीय मनोज ढकाल र ३२ वर्षीया अप्सरा ढुंगानाको मृत्यु भएको हो। दुर्घटनालगत्तै पुरानो मेडिकल कलेज भरतपुर पुर्याोइएका दुवैको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित जिप सडकमा पल्टिँदा बेगमसहित आठ घाइते छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुर-६ पितौजीको जंगलमा पूर्व कृषिराज्यमन्त्री बेगम चढेको बा६प ७४०४ नम्बरको टाटा सुमो जिपले विपरीत दिशाबाट आउँदै गरेको ना२२प १५१ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो। जिपका चालक फरार रहेको इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले बताए। 'गाडीको अवस्था हेर्दा तीव्र गतिमा दुर्घटना भएको देखिन्छ, यसैले ठक्करपछि पल्टियो,' उनले भने।पूर्वराज्यमन्त्री बेगम भाडामा जिप लिएर पार्टी कार्यक्रमका लागि त्रिवेणी जाँदै थिइन्। पूर्वपश्चिम राजमार्गको सो सडकखण्ड सरल भए पनि तीव्र गतिकै कारण यहाँ धेरै दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger