पूर्वयुवराज पारस अचानक बिरामी परेर अहिले थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहका छन्। दुई साताअघि एनआरएन थाइल्यान्डका सचिव सुनील खड्काको अपार्टमेन्टमा बस्दै आएका पूर्वयुवराज पारस अचानक बेहोस भएपछि उनलाई उपचारका लागि उक्त अस्पताल पु¥याइएको थियो। पारस अचानक बिरामी परेपछि उनलाई हृदयाघात भएको भन्दै अस्पताल भर्ना गरिएको भए पनि अहिलेसम्म उनलाई के भएको अस्पतालले खुलाएको छैन। आम नेपाली भन्छन्– पूर्वयुवराज पासरले अत्यधिक मात्रामा लागूऔषध सेवन गरेका कारण उनी बेहोस भएका हुन्। तर, यथार्थ केहो अहिलेसम्म बाहिर आउन नसकेका कारण यो विषय रहस्यमय बनेको छ।
सन् २००९ बाट परिवारमा खटपट भएपछि भारत र चीनमा भएको आफ्नो लगानीलाई छाडेर पूर्वयुवराज पारस सिंगापुरतर्फ हानिएका थिए। सधैं केही न केही गरेर चर्चामा आइरहने पारसे एक्कासि परिवालाई चटक्कै छाडेर विदेश पलायन भए।
शाह वंशीय परम्परामा आफूभन्दा ठूलालाई मुखलागेपछि आफूभन्दा ठूलासँग माफी नमागेसम्म उसलाई माफी नदिने परम्परा रहेको छ। झन्डै चार वर्षअघि पूर्वयुवराज पारसले बुवा पूर्वराजा ज्ञानेन्द्र र आमा पूर्वरानी कोमलसँग एकाएक झगडा गरेपछि उनले देश छोडेर आफ्नो परिवारसँगै सिंगापुर पुगेका थिए। सिंगापुर बसाई पनि सहज नभएको र श्रीमती हिमानीसँग पनि कुरा मिल्न छोडेपछि उनी सिंगापुरबाट थाइल्यान्ड हानिएका थिए। छोराछोरीको भविष्यका लागि भन्दै उतै पढाउने भनेर सिंगापुर पुगेका पारस आफूले सोचेजस्तो नभएपछि श्रीमती र छोराछोरीलाई नेपाल फर्काएर बैंककमा एक्लो जीवन बिताउँदै आएका थिए। पारसले बैंकक बसाइका शुरुका दिनमा श्रीमती हिमानीलाई बेला–बेलामा बैंकक बोलाउने गरेको भए पनि केही वर्षयता उनले श्रीमतीसँग पनि सम्बन्ध टाढा बनाएर बैंकक बस्दै आएका थिए। बैंकक बसाइको क्रममा थाई नागरिक कनिका पूर्वयुवराज पारससँग नजिक हुन पुगेकी थिइन्। पछिल्लो समय पारस ती थाई नागरिक कनिकासँग बस्दै आएका थिए। पूवयुवराज्ञी हिमानीको हेयर डिजाइनर कनिकासँगको सम्बन्धका कारण पारस बेलाबेलामा थाइल्यान्डको पत्रिकामा छाएका थिए भने कनिकाले पनि पारससँगै बसेर खिचेका तस्वीर थाई पत्रिकालाई उपलब्ध गराएकी थिइन्। बैंककमा स्टुडेन्ट भिसामा बस्दै आएका पारसलाई त्यहाँ कोही कसैले नेपालका पूर्वयुवराज भनेर चिनेका थिएनन्। लागूऔषधको कुलतमा फस्दै गएका पारसविरुद्ध भारतलगायत विभिन्न मुलुकबाट थाइल्यान्ड पुगेका ग्याङस्टारले उनको पिछा गर्न थालेपछि उनी समस्यामा पर्दै गएका थिए।
थाइल्यान्डको पर्यटक नगरी फुकेट पुगेका पारसले त्यहाँको होटलमा नशाको सुरमा बबाल गरेपछि उनी चर्चामा आएका थिए। उनले नशाको सुरमा होटल तोडफोड गरेका थिए। उनी फुकेटमा उक्त घटना भएपछि त्यहाँबाट फर्केर बैंकक बस्दै आएको भए पनि उनको पछिलागेको ग्याङस्टार थाई प्रहरीले पिछा गर्न छाडेको थिएन। अन्तत उनलाई लागूऔषध सेवन गरेको अभियोगमा थाई प्रहरीले पक्राउ ग¥यो।
थाई प्रहरी र ग्याङस्टार पछिलागेपछि पारसले १२ लाख भाट जरिवानासमेत तिर्नुपरेको थियो। उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको भन्दै थाईस्थित नेपाली दूतावासमा सुरक्षाको माग गर्दै निवेदनसमेत दर्ता गराएका थिए। उनले नेपालमा अब कहिले राजतन्त्र फर्कन नसक्ने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि पूर्वयुवराज पारस विवादमा समेत मुछिएका थिए।
प्रकाश दाहाल
पूर्वयुवराज पारस शाह र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश दाहाल भिन्न परिवेशका पात्र हुन्। तर, व्यवहारमा भने दुवै एउटै रहेको टीकाटिप्पणी हुँदै आएका छन्। घरमा श्रीमती भएर पनि बैंककमा केटी साथीसँग बस्दै आएका पारस र अर्र्र्कैकी श्रीमती लिएर हिंड्ने प्रकाशको प्रवृत्ति एउटै रहेको पनि राम्रैसँग चर्चा–परिचर्चा हुँदै आएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ‘स्टाटस’ लेखेर चर्चामा आउने गरेका पुष्पकमल दाहालपुत्र प्रकाश
दाहाल पछिल्लोपटक पूर्वयुवराज पारस शाह बिरामी भएका बेला चर्चामा आए।
उनले फेसबुकमा ‘पूर्वयुवराज पारस शाहको मृत्यु भएकाले हार्दिक श्रद्धाञ्जली’ लेखेपछि चर्चामा आएका हुन्। पारसको स्वास्थ्य अवस्था अस्पतालले अन्योलमै राखेका बेला दाहालले पारसलाई श्रद्धाञ्जली दिएका थिए। प्रकाशको यो केटाकेटीपनलाई कतिपय अनलाइन मिडियाले समाचार पनि बनाए। फेसबुकका भित्तामा पारसको मृत्यको खबर सर्वत्र छाएको थियो।
कतिपयले पारसको स्वास्थ्यस्थिति बुझ्दै नबुझी मृत्यु भएको हावादारी हल्लामा साथ दिइरहेका थिए।
पारसको स्वास्थस्थिति सर्वत्र चासो र चिन्ताको विषय बनिररहेका बेला प्रकाशले पारसलाई श्रद्धाञ्जली दिएका थिए। उनका कारण आममानिसमा समेत पारसको विषयमा भ्रम पर्न गएको थियो।
प्रकाशको स्टाटसलाई पारसका शुभचिन्तकले झुटो भएको भन्दै फेसबुकबाटै प्रतिक्रिया दिएका थिए।
सामाजिक सञ्जालमा अपडेड भइरहने प्रकाशको चर्चा केही समयअघि धुलिखेल लज एन्ड रिसोर्टमा मदिरा सेवन गरेर कुर्सीमा निदाएको समाचारबाट भएको थियो। त्यसपछि सगरमाथा आरोहणदेखि लिएर हाल तेस्रो विवाहका कारण पनि उनी चर्चामा आए। यो समाचारको चर्चा सेलाउन नपाउँदै बैंककमा उपचारार्थ पारसलाई श्रद्धाञ्जली दिएर प्रकाश पुनः चर्चामा
आएका हुन्।
प्रकाशले विना मगरसँग विवाह गर्नु बाध्यता भएको बताएका थिए। सगरमाथा आरोहणबाट फर्केपछि कृष्ण केसीले व्यक्तिगत मनमुटावको आधारमा गलत समाचार दिएर विवाह गर्नुपर्ने बाध्यता बनाएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा लेख्नु आफ्नो व्यक्तिगत विचार भए पनि जिउँदो मान्छेलाई मृत्यु भएको भनाइ सार्वजनिक गर्नाले प्रकाशमा अझै पनि सद्बुद्धि नपलाएको टिप्पणी हुँदै
आएको छ।
Source : newsofnepal

Post a Comment