|
झन्डै एक दशक लामो बलिउडको अनुभव बटुलिसकेकी अभिनेत्री प्रियंका चोपडा आफ्नो क्यारियरमा पहिलोपटक आइटम गीतमा नाच्ने भएकी छिन्।
उनी पनि अब आइटम डान्स गरेर यसअघि आइटम गीतमा कम्मर मर्काइसकेका ‘क’ श्रेणीका नायिका करिना कपुर र क्याट्रिना कैफको सूचीमा पर्ने भएकी छिन्। ३० वर्षीया प्रियंकालाई निर्माता सञ्जय गुप्ताको ग्यांगस्टरमा आधारित आगामी फिल्म सुट आउट एट वडालामा ववली बदमाश है बोलको गीतमा नाचेको देख्न पाउनेछन्।
यस खबरलाई पुष्टि गर्दै गुप्ताले एजेन्सीसँग भनेका छन्– ‘लगातार छ महिना पछ्याएपछि बल्ल प्रियंका यस गीतमा नाच्न तयार भइन्।’ सगीतकार अनु मल्लिकले यस गीतमा सत्तरी दशकको संगीतको स्वाद पस्कने कोसिस गरेका छन्। गुप्ताले परविन वावी र जिनत अमानको जादु प्रियंकाबाहेक अरूले दिन नसक्ने बताएका छन्। |
|
Via : New of Nepal
Post a Comment