
कटि्रना कैफ, दिपीका पादुकोण, करिना कपुर, रानी मुखर्जीजस्ता चल्तीका नायिका आइटम गर्ल बनिसकेको अवस्थामा पि्रयंका चोपडा पनि लाइनमा मिसिएकी छन् । उनले सञ्जय गुप्ताको आगामी फिल्म 'सुटआउट एट वडाला' को एक गीतमा आइटम डान्स गर्ने भएकी हुन् । स्वयं गुप्ताले आफ्नो टि्वटरमार्फत पि्रयंका चोपडाको संलग्नताका बारेमा खुलाएका थिए । पि्रयंकाले उक्त फिल्मको 'बबली बदमास है...' बोलको आइटम गीतका लागि नाच्ने छिन् । अनु मलिकले गाउने उक्त गीतमा नाचेबापत भने नायिकाले दुई करोड ८० लाख लिएको बताइन्छ । ग्याङ फाइट र पुलिससँगको भिडन्तमा आधारित रहने फिल्ममा भने जोन अब्राहम, अनिल कपुर, कंगना रणावत, मनोज बाजपेयी, तुषार कपुर लगायत रहेका छन् । मल्टिस्टारर फिल्ममा महँगी पि्रयंकाको आइटम डान्सले भने कस्तो छाप छोड्ने हो त्यो त दुई महिनापछि हुने रिलिजसँगै थाहा होला । तर उनी आफैं भने आर्थिक रूपमा मालामाल भइसकेकी छन् ।
'बर्फी' मा झिलमिल बनेर सबैलाई आश्चर्य चकित बनाएकी पि्रयंका प्रयोगवादी नायिका समेत मानिन्छिन् । अब उनको आइटम डान्सर बन्ने प्रयोग कत्तिको सफल होला तर अहिले नै भने उनको प्रयोग सन् १९७३ को सफल फिल्म 'जन्जिर' को रिमेकमा दुई भिन्न लुक्समा देख्न पाइने भएको छ । अपूर्व लाखिया निर्देशित फिल्ममा पि्रयंकाले मालाको भूमिका निर्वाह गरेकी छन्, जो फिल्मको पहिलो भागमा विदेशमा रहेकी युवतीको भेषमा हुने छिन् भने अर्को भागमा भारतीय गृहिणीका रूपमा ।
फिल्मकी डिजाइनर पि्रया कटारियाले नायिकाको गेटअपका बारेमा खुलाइन्, 'अहिले भारतीय युवतीहरू पनि विदेशी पहिरन नै लगाउँछन् । पि्रयंका पनि विदेशबाट स्वदेश आएकी युवती भएकोले स्वतः त्यस्तै कपडा लगाउँछिन् । तर भारतीयपन उनको कपडाका रंगले छुट्टयाउने छ । भारतीयहरू प्रायः सुन्तला रंगको प्रयोग गर्छन् ।' पि्रयंका आफैं पनि फेसनका मामिलामा जानकार नायिकामा पर्छिन् ।
Post a Comment