
काठमाडौ, फाल्गुन २५ - नायिका सञ्चिता लुइँटेलको फेरि अपरेसन भएको छ। केही समयअघि पाठेघरमा समस्या देखिएर नर्भिक अस्पतालमा आकस्मिक उपचारका निम्ति भर्ना भएकी नायिका यसपटक भने स्टोनको समस्याका कारण हस्पिटलाइज भएकी थिइन्। शारीरिक रूपमा अस्वस्थ भएपछि गत साता नर्भिक पुगेकी सञ्चिताको खाना खाने नलीमा स्टोन भएपछि गत सोमबार उनको शल्यक्रिया गरिएको थियो। 'स्टोनको आशंका विगतको अपरेसनमै गरिएको थियो' नायिकाले शल्यक्रिया पछि भनिन्-'तर तत्कालै फेरि अर्को अपरेसनसम्भव थिएन्, अहिले फेरि खाना खान गाह्रो भएपछि अपरेसन गर्नुपर्ने भयो।' छोराछोरी हुर्काउन व्यस्त सञ्चिता पछिल्ला दिनमा चलचित्र उद्योगबाट टाढा छिन्। बहिनी शिवानी लुइँटेलका अनुसार अहिले उनको स्वास्थ्यस्थिति राम्रो छ।
Post a Comment