बलिउड सिनेमाको क्रेज भारतमा मात्र सिमित छैन । विश्वमै आफ्नो क्रेज बढाउँदै लगेको बलिउड नगरीले पाकिस्तानमा पनि आफ्नो वर्चस्व कायम गरिसकेको छ । पाकिस्तानमा बलिउडका स्टार कलाकारहरुको क्रेज निक्कै छ । यसैले पनि पाकिस्तान सरकारले बलिउड सुपरस्टार साहरुख खान र अक्षय कुमारको सिनेमा प्रदर्शनमा रोक लगाउने भएको छ ।
साहरुख खानले अभिनय गरेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ र अक्षयले अभिनय गरेको चलचित्र ‘वन्स अपन अ टाइम इन मुम्बई २’ इदको अवसर पारेर प्रदर्शनमा आउँदैछन् । इदकै दिनमा पाकिस्तानमा निर्माण भएका ४ सिनेमा पनि प्रदर्शनमा आउन लागेका छन् । साहरुख र अक्षयको क्रेजको अगाडी पाकिस्तानमै पाकिस्तानी सिनेमा फिक्का हुने पक्का छ । यसैले करोडौको लगानी बालुवामा जाने डरले पाकिस्तानमा यि दुइ सिनेमा माथी प्रतिवन्ध लगाइएको हो ।

तर बलिउड पण्डितहरुले पाकिस्तानमा ब्यान्ड लगाइएका सिनेमाले बक्स अफिसमा कमाल मच्चाउने भन्दै खुशी व्यक्त गरेका छन् । यसअघि साहरुखले नै अभिनय गरेको चलचित्र ‘जब तक हे जान’ र अक्षयले अभिनय गरेको ‘खेलाडी ७८६’ पनि पाकिस्तानमा ब्यान्ड गरिएको थियो । तर दुबै सिनेमाले राम्रो व्यापार गरेका थिए ।
Via- online Khabar
Post a Comment