बलिउडमा चर्चित भएपछि कलाकारहरु करोडौमा रमाउने गर्छन् । नायक सलमान खानले ५ सय करोडमा आफ्नो आगामी ५ बर्षका सिनेमाको सेटलाइट अधिकार एक टेलिभिजन कम्पनीलाई विक्री गरिसकेका छन् ।यो दौडमा नायक अजय देवगण पनि देखिएका छन् । अजयले सन् २०१७ सालसम्म अभिनय गरेका सम्पुर्ण सिनेमाको सेटलाइट अधिकार एक टेलिभिजनले खरिद गरेको छ । अजयले ५ बर्षका लागि ४ सय करोडमा सिनेमाको राइट बेचेका हुन् ।
सिनेमाको व्यापार लगातार बढेकाले यसलाई पारदर्शी रुपमा अगाडी ल्याउन सजिलो हुने उनको भनाई छ । बलिउडमा साहरुख खान, सलमान खान, अक्षय कुमार, अजय देवगन जस्ता चर्चित कलाकारले अभिनय गरेको सिनेमाको सेटलाइट राइट्स वापत्त राम्रो रकम मिल्ने गरेको छ ।
Post a Comment