Headlines News :
Home » » 101.घर खरले छाको...त्यो देश हो मेरो

101.घर खरले छाको...त्यो देश हो मेरो

Written By Gaurab Shrestha on Saturday, September 8, 2012 | 5:29 AM


घर खरले छाको...त्यो देश हो मेरो
प्रकृतिमा रमाको त्यो देश हो मेरो

हिमालको पानी उकाली ....ओराली
सेती सुसाको त्यो ......देश हो मेरो

ईतिहास साक्षी बीर......हौ हामी
गोर्खालीले बनाको त्यो देश हो मेरो

हरियो बन नेपालको धन हो...हाम्रो
यिनै भीर पाखाको त्यो देश हो मेरो

जाति अनेका भाषा.......धर्म पहिरन
एकै छतमा अटाको त्यो देश हो मेरो

भृकुटि,सीता बुद्ध अनि.......अरनिको
यस्तै गौरब गाथाको त्यो देश हो मेरो
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger