Headlines News :
Home » , » 93.आउनुस् केहि बीगत का......कुरा गरौ

93.आउनुस् केहि बीगत का......कुरा गरौ

Written By Gaurab Shrestha on Saturday, August 25, 2012 | 2:31 AM


आउनुस् केहि बीगत का......कुरा गरौ
पसीना बग्ने मेहनत का.......कुरा गरौ

हुने बिरुवाको चिल्ला पात.......भन्छन्
यस्तै पौरखी आदत का........कुरा गरौ

के छैन हामी संग प्रकृतीको.....खजाना
कहिले नमासिने दौलत....का कुरा गरौ

बीर भनेर बिश्व कहलाउने .......पुर्खा
गोर्खालीको आँट र र्बकत का कुरा गरौ

देशले आज साहारा .......मागेको बेला
आउ सबै मीली राहत का.....कुरा गरौ

बुझौ  सबले नेपाल हाम्रो ..हामी नेपाली
एउटै घर एकै छत का ........कुरा गरौ

न झुक्छ शिर न डग्छ........यो नेपाली
खुकुरि नचाउने हिम्मत....का कुरा गरौ
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger