सजिउन, जसलाई मधेसमा मुनगावा सहजन भनिन्छ, निकै चमत्कारी वनस्पतिकोश्रेणीमा पर्छ ।तरकारीमा पनि प्रयोगहुने यो वनस्पतिरूखमा फल्छ ।यसका सबै थोककाम लाग्छन्, फूल, पात, फल सबै। यसको बोटकोउचाइ १० मिटरसम्महुन्छ । यसकोनिरन्तर उपयोगले अन्धोपना नियन्त्रणसहित अन्य धेरैफाइदा पुग्न सक्छ।
लखनऊको रिजनल फुड रिसर्चएनालिसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, सजिउन प्राकृतिक गुणलेभरिपूर्ण हुन्छ । यसमायति धेरै औषधीयगुण हुन्छ कि, कुनै पनि रूपमायसको सेवन गर्नालेधेरै रोगबाट मुक्तहुन सहयोग मिल्छ।
सजिउनमाभिटामिन 'ए' र'बी' बढी मात्रामापाइन्छ । भिटामिन'सी' समेत पाइन्छ। यी तिनैभिटामिन उच्च मात्रामाहुने कमै प्राकृतिकखाद्यपदार्थ छन् ।यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फोस्फोरस एवंखनिज तत्त्व प्रचूरमात्रामा पाइन्छ । सजिउनकोनियमित सेवनले रक्तअल्पता रआूखाको रोगबाट आरामा पाउनसकिने कुरा सेन्टरकोअनुसन्धानमा उल्लेख छ ।
भारतकै राष्ट्रिय कृषि अनुसन्धानपरिषद्ले उल्लेख गरे अनुसार, सजिउन हेमाग्लोविन बढाउनमासहायक र एन्टिबायोटिककोगुणले युक्त हुन्छ। मुख्यतः पेटसम्बन्धी सबै प्रकारकाविकार उपचारमा सजिउननिकै उपयुक्त मानिन्छ। यसले पाचनक्रियालाई बलियो बनाउँछ ।
सजिउनकोनियमित सेवनले कपाल र्झनसमस्याबाट पनि मुक्तिपाइन्छ । गठियार मोटाइले पीडितहरूकालागि त योअमृत जस्तै छ। यो वायुनाशक समेत हो।
सजिउन खानाले बोसो कमहुन्छ । बोसोकम हूँदा मोटाइकम हुन्छ, गठियानिको हुन्छ ।यसले पीडा नाशककोकाम समेत गर्छ। यसले सुन्निएकोकम गर्छ ।
सजिउनलाईवीर्यवर्द्धक समेत मानिन्छ। आयुर्वेदले यसलाईनपुंसकताको उपचारमा प्रभावकारी मानेकोछ । आयुर्वेदकाधेरै औषधि तयारगर्न सजिउनको जरो, छाला, फूल, बीउर फल उपयोगगरिन्छ ।
via- kantipur
via- kantipur

Post a Comment