Headlines News :
Home » » 72.भर कस्को पर्नु अब, बिश्वास सडेपछी ....यसरी

72.भर कस्को पर्नु अब, बिश्वास सडेपछी ....यसरी

Written By Gaurab Shrestha on Thursday, July 26, 2012 | 4:10 AM


भर कस्को पर्नु अब, बिश्वास सडेपछी ....यसरी
कहाँ खोजु देउता म, आघात गडेपछि .....यसरी

मन फुकाई दिलका कुरा, भन्न पनी गाहा्रो...यहाँ
मानबताको इतीहास नै, खरानी भै डडेपछि यसरी

किन गाउने भजन, किन धाउने मन्दिर.....ब्यर्थैमा
गीताको मुल मर्म उस्ले, गलत पढेपछि.....यसरी

नाम जाति राखी मान्छे, असल हुन्छ भन्ने...छैन
नामै ले पो के गर्छ यहाँ, गती छडेपछि......यसरी

कस्लाई मान्नु महान म, कस्लाई ठान्नु बुद्ध अर्को
बदनाम तालीको धुनमा, पहिचान अडेपछि  यसरी

Note: मैले भोगेको एउटा तितो अनुभब यहि चरम तनाब बाट उब्जीयको एउटा तुच्छ मानब चरित्र चीत्रीत गजल । कसैको बास्तबीक  जीबनमा मेल खान गएमा संजोग मात्र हुनेछ । 
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger