गर्मी मौसमलाई व्यवसायीहरू अवसरका रूपमा लिन्छन्। न्यू-गेटअपमा स्वयंलाई प्रस्तुत गर्न आजको स्मार्ट युवापुस्ता पनि पछि पर्न चाहँदैन। हरेक समयलाई अवसरका रूपमा क्याच गर्ने युवापुस्ता गर्मीमा फेसनको ग्ल्यामरसँगै बहकिन चाहन्छ।
ओपन ड्रेसअपका पारखी युवा पुस्तालाई जति हर्ष तात्तिँदै गएको मौसमले दिन्छ अरूले सायदै देला। जाडोको भारिपोसाक थन्काएर हल्का पोसाक लगाउनुको रमाइलो नै फरक हुन्छ। त्यसमाथि मज्ज्ााले सपिङ गर्न पाइने अवसर पनि हो यो। यही अवसरलाई छोपेर नयाँ जुत्ता खरिद गर्न काठमाडौंको पिपुल्स प्लाजामा व्यस्त थिए, १९ वषर्ीेय विज्ञानका छात्रा असीम राई। असिमको रोजाइ कन्भर्स रह्यो। गर्मीमा क्याजुवल फुटवेयरमा कन्र्भर्स उपयुक्त हुने उनको ठम्याइँ छ। मौसम बदलिएकाले कहाँ त्यही जाडोको जुत्ता प्रयोग गर्नु, नयाँ किनमेल पनि त गर्नुपर्यो नि ! असीमको भनाइ थियो। युवा तथा युवती दुवै माझ लोकप्रीय कन्भर्स तातो मौसम सुहाउँदो जुत्ता हो। स्टि्रटस्मार्ट क्याजुयल स्लिपरदेखि सोफिस्टिकेटेड स्टिलेटो पनि सम्पूर्ण स्टोरहरूमा उपलब्ध छ। खिचापोखरी, न्युरोडस्थित रिमक्स कलेक्सन पनि यसको उदाहरण हो। रिमिक्स कलेक्सनमा गर्मी मौसमका लागि फ्ल्याट र हिल जुत्ताहरू भित्रिइसकेको जानकारी सविना श्रेष्ठले दिइन्। स्टोरमा तातो मौसममा सामनजस्यता राख्ने स्टाइलिस र ग्ल्यामरस लेडिज जुत्ताहरू पाइन्छ।
मौसम परिवर्तन एक प्रकारले फेसन पछ्याउने पुस्तालाई अवसर बनेर आउँछ। त्यही भएर तातो मौसमलाई स्वागत गर्न लाइट, कुल तथा ओपन आउटफिट्स किन्न सबैलाई हतारो छ। सर्ट्स, वनपिस, टिसर्ट, फ्लावर पि्रन्टेड स्कर्ट, स्भिलेस टप्स, समर ज्याकेट आदि फेसन बजार गर्माउन आएका पहिरन हुन्। यो गर्मीमा लाइट शेडका रंगहरू जस्तै एल्लो, ग्रीन आदि ट्रेन्डमा रहने फेसन व्यवसायीहरूको राय छ। वर्षौंदेखि पहिरनको संसारमा एकाधिकार कायम गर्दै आएको डेनिम पनि मोडिफाइ भएको पे|mविकमा आएको छ। टिनएजरबीच यो हट च्वाइस बन्दैछ। स्लिभलेस ज्याकेट, क्याप्रीस, सटर््स, समर फुलस्लिभ सर्ट, क्वाटर पाइन्ट आदि डेनिमका डिजाइनहरूले सबैको मन जितेको छ। स्टि्रटस्र्माट आउटलुक चाहने स्मार्ट युवाहरू नै डेनिमका पारखी हुन् तथापि डेनिम अहिले परम्पपरागत हेभीवेट नभएर लाइटवेट र सफ्ट रूपमा परिमाजिर् त भएको छ। जसले गर्दा तातो मौसममा क्यारी गर्न सजिलो मात्र हुँदैन, यसले शीतल अनुभूति पनि दिन्छ। जाडोमा लोकपि्रय कोरियन कोटको निरन्तरतासँगै अब युवतीहरूको मन कोरियन पाइन्टले जितेको छ। कोरियन पाइन्ट बढी फिटिङ हुन्छ। विशेष गरी कालोरंगमा रुचाइएको को रियन पाइन्ट विविध रंगमा पनि उपलब्ध छ । यो पाइन्टलाई टिसर्ट, समर ज्याकेट वा टप्स्ासँग कम्बिनेसन गरी लगाउन सकिन्छ।
Via- Saptahik
Post a Comment