Headlines News :
Home » » भीषण आगलागीमा १ सय ३२ घर खरानी

भीषण आगलागीमा १ सय ३२ घर खरानी

Written By Gaurab Shrestha on Saturday, April 13, 2013 | 6:48 AM

firing
वीरगन्ज, चैत्र ३१ - पर्साको धोरे गाविसमा शनिबार भीषण आगलागी भएको छ । आगलागी मा परेर झन्डै एक सय ३२ घर 
खरानी भएका छन् । खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएका छन् । अपराह्न करिब एक बजे वडा ९ निवासी रामानन्द सहनीको घरबाट आगो सल्केको स्थानीयले बताए । वीरगन्ज, कलैया र सीमावर्ती रक्सौलको गरी पाँच वटा वरुण यन्त्रले आगो नियन्त्रणमा लिएका प्रहरी नायव उपरिक्षक कृष्ण कोइरालाले बताए ।
तीव्र गतिमा चलेको पश्चिमी हावाका कारण आगो नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । 'दश मिनेट भित्रै पूरै वडामा आगो बलिरहेको थियो,' प्रत्यक्षदर्शी बनु रामले भने, 'आगोको मुस्लो हावामा उडेको थियो ।' साँघुरो बाटोका कारण वारुणयन्त्रलाई आगलागी भएको वस्तीसम्म पुग्न कठिनाई भएको थियो । भकारीमा जतन साथ राखिएका अन्न, लत्ताकपडा, नगद जलेर खरानी भएपछि गाउँमा रुवावासी भएको छ । 'सोमबार छोरीको विवाहका लागि सबै तयारी पूरा गरेका थिए', स्थानीय प्रभु रामले भने, 'सबै जलेर नष्ट भए ।' अपराह्न अधिकांश घरका पुरुष सदस्य खेतमा भएका बेलाआगलागी भएकाले नियन्त्रमा ढिलाई हुन पुगेको थियो ।
आगो सल्केपछि छिमेकीले घर भित्रका सामग्री निकालेर पक्की घरमा राखे स्थानीय लक्ष्मी रामले भने, 'अधिकांशले लत्ताकपडा, गाईवस्तु खेतमा राखेका छन् ।' सहायक प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीलेआगलागी पीडितलाई तत्काल राहत वितरण गरिने बताए ।

Via- Kantipur
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger