Headlines News :
Home » » याहुकी हाकिमले पाइन् ११ लाख डलर बोनस

याहुकी हाकिमले पाइन् ११ लाख डलर बोनस

Written By Resham Shrestha on Friday, March 8, 2013 | 1:24 AM


इन्टरनेट जाएन्ट याहुकी प्रमुख कार्यकारी म्यारिसा माएरले साढे पाँच महिनामा बोनस वापत ११ लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् । याहु कम्पनीमा मुख्य कार्यकारी बनेर छिरेको साढे पाँच महिनामा उनले यतिधेरै बोनस प्राप्त गरेकी हुन् । यो बोनस उनले पाउने वाषिर्क १० लाख डलर तलब तथा ५६ लाखको दीर्घकालीन शेयर क्षतिपूर्ति बाहेकको रहेको बताइएको छ । गएको जुलाइमा म्यारिसा गुगलबाट याहुमा आएकी हुन् । ३७ वर्षीया माएरले एक वर्षमा अधिकतम २० लाख डलरसम्म बोनस पाउन सक्ने बताइएको छ । सोही आधारमा झण्डै आधा वर्षको बोनसका रुपमा उनलाई ११ लाख प्रदान गरिएको हो । माएरको आगमनसँगै याहुको नाफा बढिरहेको हुँदा उनलाई दिएको बोनसप्रति कम्पनीका सबै अधिकारी सन्तुष्ट रहेका बताइएको छ । माएर सिइओ बने यता याहुको शेयर मुल्यमा ४६ प्रतिशतले बढोत्तरी भएको छ । 
केही महिनाअघि गर्भवती भएकी माएर केवल दुइ हप्तामात्र सुत्केरी विदामा बसेर काममा फर्किएकी थिइन् । हालै माएरको एक निर्देशनले याहुमा तहल्का नै मच्चाएको छ । उनले अब याहुका कर्मचारीले घरमा बसेर काम गर्न नपाउने र अनिवार्य रुपमा अफिसमै आएर काम गर्नुपर्ने नियम बनाएकी छिन् । आउँदो जुनसम्ममा सबै कर्मचारीलाई अनिवार्य रुपमा अफिसमा उपस्थित हुन उनले उर्दी जारी गरेकी छिन् ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger