Headlines News :
Home » » मुस्कान पासाको मुस्कान

मुस्कान पासाको मुस्कान

Written By Resham Shrestha on Wednesday, March 6, 2013 | 7:14 AM


दुई सातायता सहरमा मुस्कान पासाको चर्चा छ। मुस्कान जतिबेला पनि हासिरहन मन पराउँछन्, तर दाँत नभएकाले गीजा मात्रको उनको हाँसोले अरूलाई हाँस्न बाध्य बनाउँछ। हास्यश्रृंखला मेरी बास्सैमा सीताराम कट्टेल धुर्मुसले अभिनय गरेको नयाँ 'क्यारेक्टर' को नाम हो- मुस्कान  पासा। सीतारामले यो चरित्रलाई काठमाडौंको नेवारी समुदायको वृद्धका रूपमा दुरुस्तै उतार्ने प्रयास गरेका छन्। सीताराम कट्टेलले २८ औं  क्यारेक्टरका रूपमा ठेट नेवार वृद्धको भूमिकामा अभिनय गरेको बताए। यसअघि आइते, वडाध्यक्षमा केपी ओलीको नक्कल, खडानन्द ज्योतिष,  खड्काजी आदिमा उनको अभिनयले लोकप्रियता कमाइसकेको छ। 'मुस्कान पासाको अभिनयलाई पनि धेरैले मनपराउनुभएको छ,' सीताराम  भन्दै थिए- 'अब नेवारी समुदायको भाषा, संस्कृति तथा रहनसहनलाई पनि उतार्ने प्रयासमा छु।' गीत संगीत खुबै मन पराउने मुस्कान पासा  ज्यापु समुदायसँग सम्बन्धित छन्। मुस्कान पासा बन्ने क्रममा गरिएको गेटअपमा बोल्न धेरै गाह्रो भएको अनुभव सुनाउँदै सीतारामले भने-  'त्यो गेटअपमा सम्भवतः कसैले बोल्न सक्दैन।'
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger