?अन्जानमै तिम्रो मैले सिर कतै झुकाएँ की
!माफ़ गर गल्ती भए आफ्नै ठानी मलाई है
?दोष नदेऊ भन बरु अन्तै मन फुकाएँ की
!मानिसले बुझ्नु पर्छ अठोट लिई चल्नु पर्छ
?लक्ष्यबिना पाऊ चाल्दा घडी पो चुकाएँ की
!बन्जड यो मरुभूमि खून पसीनाले सिंच्दा
?आफ्नो देशको सुन्दर धर्ती त्यहाँ सुकाएँ की
!हुर्किएको त्यही गली खेतका पाखा भरी
?सोंचमा पर्छू विदेशमा मातृभूमि दुखाएँ की
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
Post a Comment