प्रतियोगितामा अस्मिता सिटौला तथा रिजु श्रेष्ठले झापाको प्रतिनिधित्व गरेका छन्। धरानको प्रतिनिधित्व गर्दै मेघना श्रेष्ठ मिस नेपालमा प्रतिस्पर्धा गर्दैछिन् भने विराटनगरबाट रेणु पोखरेलसहभागी छिन्। इटहरीबाट ऐश्वर्य उपाध्यायले प्रतिनिधित्व गरेकी छिन्। सिन्धुली जिल्लाको प्रतिनिधित्व गर्दै रोजिशा शाही ठकुरी प्रतियोगितामा सहभागी छिन् भने मकवानपुरबाट सुजाता बलामी प्रतिस्पर्धी छिन्। मिस तामाङ-२०१२ सुमी लामा काभ्रे जिल्लाकी हुन्। पोखराबाट सिपोरा गुरुङ र रक्षा थापा मिस नेपालमा सहभागी छन् भने स्याङ्जा जिल्लाको प्रतिनिधित्व बिन्दु केसी क्षेत्रीले गरेकी छिन्। यसपटकको मिस नेपालमा पश्चिम नेपालबाट समेत प्रतिनिधित्व छ। महेन्द्रनगर (कञ्चनपुर) बाट रचना भारती प्रतिस्पर्धा गर्दैछिन् भने धनगढीबाट माया साउद। मोफसलका यी १३ जना युवतीलाई काठमाडौंबाट थपिएका पाँच जनाले साथ दिइरहेका छन्। प्रतियोगितामा काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने युवतीहरूको संख्या बढी छ। समिक्षा श्रेष्ठ, सृतिमा शाह, ईशानी श्रेष्ठ र ओसिमा बानुले काठमाडौंको प्रतिनिधित्व गरेका छन् भने प्रतिमा गिरीले ललितपुरको प्रतिनिधित्व गरेकी छिन्।
यसपटकको प्रतियोगितालाई भलिबलकी राष्ट्रिय खेलाडी सिपोरा गुरुङको सहभागिताले थप आकर्षक बनाएको छ। नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा वर्ष २०६७ को पपुलर प्लेयर अफ दी इयर उपाधि विजेता हुन् भने उनी चलचित्र 'द घलेक-द साइन अफ लभ' की नायिकासमेत हुन्।
यसपटकको प्रतियोगितामा मिस तामाङ-२०१२ की विजेता सुमी लामा, मिस बलामी-२०११ की विजेता सुजाता बलामी, मिस ग्लोबल ने पालकी फाइनलिस्ट रिजु श्रेष्ठ, मोडलिङमा स्थापित भैसकेकी ओशिमा बानु आदि पनि प्रतिस्पर्धामा छन्। यसबाहेक एमबीबीएस अध्ययनरत पोखराकी रक्षा थापा, बीएनबी अस्पतालमा नर्सका रूपमा कार्यरत रचना भारती तथा नर्सिङमै बीएस्सी उत्तीण्र्ा माया साउद पनि यसपटकको प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रतिस्पर्धीहरूको उचाइ पनि उत्तिकै आकर्षक छ। हाल धापाखेल, ललितपुरमा बसोबास गर्ने सिन्धुलीकी रोजिशा शाही ठकुरी प्रतियोगिताकै सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन्। उनी ५ फिट साढे ९ इन्च अग्ली छिन्। भलिबलकी राष्ट्रिय खेलाडी सिपोरा गुरुङ तथा झापाकी अस्मिता सिटौला ५ फिट ८ इन्च अग्ला छन्। विराटनगरकी रेनु पोखरेल ५ फिट साढे ७ इन्च अग्ली छिन् भने धनगढीकी माया सावत ५ फिट ७ इन्च अग्ली छिन्। थापाथली, काठमाडौंकी इशानी श्रेष्ठ, समीक्षा श्रेष्ठ, सृतिमा शाह, धरानकी मेघना श्रेष्ठ, काभ्रेकी सुमी लामा, झापाकी रिजु श्रेष्ठ तथा स्याङ्जाकी बिन्दु केसी क्षेत्री ५ फिट ६ इन्च अग्ला छन्। ५ फिट ४ इन्चभन्दा होचा प्रतियोगी कोही पनि छैनन्।
क्षेत्रीय तथा केन्द्रीय स्तरमा गरिएको पटक-पटकको अडिसनबाट छनौट भएका यी १८ जना युवती शारीरिक रूपमा मात्र आकर्षक छैनन्, बौ द्धिक रूपमा समेत उनीहरूले आफूलाई प्रबल दावेदारका रूपमा प्रस्तुत गरेका छन्। साप्ताहिक संवाददातासँगको भेटमा अधिकांश प्रतिस्पर्धीले महिला सशक्तीकरण, सडक बालबालिका, गरिब तथा निमुखा जनताको पक्षमा काम गर्ने बताए।
विगतका प्रतिस्पर्धाहरूझैं यसपटकको मिस नेपालमा पनि रचना गुरुङ शर्माले कोरियोग्राफीको जिम्मा लिएकी छिन्। शर्मासँगै प्रशान्त ताम्राकार पनि कोरियोग्राफरका रूपमा आवद्ध छन्। यी दुवै अनुभवी कोरियोग्राफरले प्रतिस्पर्धीहरूलाई सानेपास्थित इन्टरनेशनल क्लबमा क्याटवाक, व्यक्तित्व विकास आदि विधामा प्रशिक्षण दिइरहेका छन्। यसपटक मिस नेपालले बोटलर्स नेपालको मुख्य प्रायोजन पाएको छ जसअनुसार प्रतियोगितालाई 'फेन्टा दि हिडन टे्रजर मिस नेपाल-२०१३' भनिएको छ। मिस नेपालका विजयी तीन जनाले नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड, मिस अर्थ तथा मिस एसिया प्यासिफिकमा सहभागिता जनाउनेछन्। त्यसबाहेक विजयी तीनै जनाले डब्लुडब्लुएफ तथा आईयूसीएन-ने पालको सद्भावना दूतका रूपमा काम गर्न पाउनेछन्। नेपाल टेलिभिजनले यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ।
Post a Comment