सपनाको बाटो हुँदै आउने मेरो बाचा भयो
दैलो खोले नजरमा छाउने मेरो बाचा भयो
जसो तसो दिन बिताए पीर न ली रात पनी
कल्पनाको कोखमा धाउने मेरो बाचा भयो
प्रेम गर्छु तिमी सँगै तिमी हौ दिलकी रानी
जिन्दगीका मोड्मा पाउने मेरो बाचा भयो
तिमी रुँदा तिमी सँगै रुन हाँस्न पाए हुन्छ
दुःखसुख गीत सँगै गाउने मेरो बाचा भयो
स्वार्थ छैन कत्ति म मा विस्वास तीमी गरे है
सत्यसाँचो चोखै प्रेम लाउने मेरो बाचा भयो
कृष्ण मानव खड्का
+ comments + 1 comments
http://www.imandarmedia.com/2017/01/health-news_10.html
Post a Comment