Headlines News :
Home » » धकेल्दै दिन पर्खेको काल कहिले मरिन्छ

धकेल्दै दिन पर्खेको काल कहिले मरिन्छ

Written By Unknown on Friday, March 1, 2013 | 9:19 PM



धकेल्दै दिन पर्खेको काल कहिले मरिन्छ
आजैपो हो की आऊँदो साल कहिले मरिन्छ

प्रगति रोक्छ उन्नति हुन्न लड़ा र भाँतीले
क्रोधका जडा उखेली फाल कहिले मरिन्छ

खनेछौ खाल्डो अरुको लागी आफुनै पर्नेछौ
न गरौं लालच् लोभ र जाल कहिले मरिन्छ

सत्यको जित हुन्छनै पक्का पापको समीप
दानवको राज मिलेर ढाल कहिले मरिन्छ

मान्छेको जात पापको खात नहुनु कहिल्यै
मानव बनी ज्योति त्यो बाल कहिले मरिन्छ

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger