Headlines News :
Home » » 95.तीमी संग बीतेका फेवातालको याद छ म संग

95.तीमी संग बीतेका फेवातालको याद छ म संग

Written By Gaurab Shrestha on Sunday, September 2, 2012 | 1:00 AM


तीमी संग बीतेका फेवातालको याद छ म संग
हात समाई हिडेका त्यी चालको याद छ म संग

म चुम्ने गर्थे तिम्रो त्यो ओठ अनी गुलाबी अधर
हामी अंगालोमा रमाएका सालको याद छ म संग

बरसातको झरि थियो दुई ज्यान नीथ्रुक्कै हुदा
आगो ताप्दै तीमी र म त्यो बेहालको याद छ म संग

सारंगकोटको पाखा चढ्दै प्रेमका मीठा बात गर्दै
साक्षी त्यो माछापुछ्रे हिमालको याद छ म संग

मेरो छाती तीमीले प्रीय सीरानी बनाई नीदाउदा
सुइटर मा अल्झीएका कपालको याद छ म संग
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger