Headlines News :
Home » » २ करोडको घरमा सर्दै झरना

२ करोडको घरमा सर्दै झरना

Written By Resham Shrestha on Friday, March 8, 2013 | 1:35 AM


नायिका झरना थापा हिजोआज सिने नगरीबाट वेपत्ता जस्तै छिन् । आफैले निर्माण गरेको चलचित्र ‘फेसबुक’ असफल भएपछि झरना गुमनाम देखिएकी हुन् । तर अनलाइनखबरको सम्पर्कमा आएकी झरनाले आफू नयाँ घरको मर्मतमा व्यस्त भएको बताइन् । ‘फेसबुक’ चलेलगत्तै केही समय विदेशमा रहेको बताउँदै झरनाले नयाँ बर्षमा भैसेपाटीमा किनेको नयाँ घरमा सर्ने बताइन् ।काठमाण्डौको नयाँ बानेश्वरमा रहदै आएकी झरना अब भैसेपाटीमा १ बर्ष अघि खरिद गरेको करिब २ करोडको घरमा सर्दै छिन् । उनले यतिबेला आफू नयाँ घर सजाउन व्यस्त भएकाले पनि मिडियामा खासै नदेखिएको बताइन् ।
श्रीमान् सुनिलकुमार थापा, एक छोरीको साथमा रहदै आएकी झरनाले नयाँ बानेश्वरको घर भने भाडामा दिने बताइन् । यसअघि ५२ लाखको महंगो गाडी किनेर चर्चामा आएकी झरना अब २ करोडको घरमा सर्दै छिन् । साढे २ तलाको बंगलालाई आफुले सोचेअनुसारको बनाउन व्यस्त भएको झरनाको भनाई छ ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger