Headlines News :
Home » » दाहालको कुरा प्रधानमन्त्रीले मानेनन्

दाहालको कुरा प्रधानमन्त्रीले मानेनन्

Written By Gaurab Shrestha on Tuesday, March 5, 2013 | 11:28 AM

काठमाडौँ, फागुन २२ (नागरिक) - सत्तारुढ एमाओवादीको आज बिहान बसेको पदाधिकारी बैठकले जनयुद्धकालमा चितवनको माडीस्थित बाँदरमुढेमा सार्वजनिक बसमा भएको विस्फोटबाट पीडितलाई पार्टीले नै राहत दिने निर्णय गरेको छ। पीडितहरुलाई पार्टी कोषबाटै ६० लाख दिने निर्णय भएको जानकारी अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बसेको बैठकपछि नेता अमिक शेरचनले दिए। सरकारले नमानेकोले पार्टीले नै राहत दिने निर्णय गरेको उनले बताए।
यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले फागुन १७ गते माडीमा सम्बोधन गर्दै सरकारसँग विशेष आग्रह गरेर ६० लाख रकम राहत निकासा गरेको बताएका थिए। ‘हामीले सरकारबाट बजेट निकासा गरेका छौं, त्यो रकम तपाईंहरूले चाहेको विषयमा खर्च गर्न सक्नुहुन्छ' -उनले भनेका थिए। तर सरकारले भने यसबारे केही जानकारी दिएको थिएन।
२०६२ साल जेठ २३ गते तत्कालीन नेकपा माओवादीले कल्याणपुर गाविसको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ३८ जना सर्वसाधारणको मृत्यु भएको थियो। घटनामा ७२ जना घाइते भएका थिए ।


Source : Nagarik News
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger