Headlines News :
Home » » 105.तिम्रो रुपको बयान म गरु कसरी

105.तिम्रो रुपको बयान म गरु कसरी

Written By Gaurab Shrestha on Monday, September 10, 2012 | 10:55 PM


तिम्रो रुपको बयान गरु कसरी
त्यो अदाको बखान गरु कसरी

आँखै नशालु झिम्काउदा परेली
त्यो नशाको गुनगान गरु कसरी

अधरै मोहनी सुन्तले त्यो ओठ झनै
त्यो फूलको सम्मान गरु कसरी

काला ती बादलु केश सर्सराउदा
अप्सराको पहिचान गरु कसरी

मह झै तिम्रो बोली लाग्छ सुनिरहु
तिमी संग चिनजान गरु कसरी
::Someone Special Gazal::: 
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger