मलाई पर्दा बोल्ने, सरकार...कहाँ छ
गरिबको छानो टाल्ने, दरबार कहाँछ
नुन किन्नु पनि अब, सुन किन्नु भयो
जनता कतै नलुटिने, बजार ..कहाँछ
महंगीको भारमा बाले, घर ..धान्नु पर्ने
छोरो बन्ने ठुला मान्छे, आधार कहाँछ
किसानको पसिना त, मुल्य पानीसरी
त्यै पानीलाई हिरा पार्ने, व्यपार कहाँछ
सालैभरी जोतिदा नि, पोल्टो खालीसधै
दुई छाक मीठो खान, आहार...कहाँ छ
भईदिन्छ धनकै पक्ष, हाम्रो कानुनपनि
नहुनेलाई ईन्शाफ दिन, हतार कहाँछ
मैले पनि बोल्न पाउने, हकहितकालागी
बोल्नुस न काका त्यो, संसार....कहाँछ
Post a Comment