Headlines News :
Home » » मेरा केहि रुबाईहरु

मेरा केहि रुबाईहरु

Written By Gaurab Shrestha on Thursday, August 23, 2012 | 8:48 PM


1.
र्बीस्यौ मलाई तर मेरो यादमा आयौ
ढोका खाली सम्झनाको बरसातमा आयौ
म छोड्दै थिए यो संसार तीमीलाई
मेरो अन्तीम शब्द बनी शुरुवातमा आयौ
2.
ईमान पाईने, पसल बनाउछु
जस्तै खराबलाई, असल बनाउछु
समुन्द्रको यात्रा, थोपा बाट शुरु गर्छु
मेरो मेहनत अथक, सफल बनाउछु
3.
तीम्रो मेरो बीचमा ठुलो पर्खाल छ
नाघ्नै नसकिने भड्खाल छ
मेरो झुप्रो घर त्यो पनी चुहिने
तीम्रो त राजधानीमै सुनको दरबार छ
4.
झझ्ल्को बनेर नआउन
केहि पलको बनेर नआउन
म हारेको मान्छे अधी
सफलको बनेर नआउन
5.
मायाले पैसा खोज्न थालेपछि
पागलले पनी सोच्न थालेपछि
म के भन्नु खै बनाउछु अर्का ताजमहल
फूल ले पनी घोच्न थालेपछि
6.
मुर्खहरु बलले चिनिन्छन्
धुर्तहरु छलले चिनिन्छन्
कुनै रुख यस्ता हुन्छन
जे आफ्नै फलले चिनिन्छन
7.
गर्न बाँकी एउटा कुरा गर्दिए
म मरेको हेर्ने ख्वाहिस पुरा गदिए
तीम्रो सपना साकार पार्न
आफ्नै रहर अधुरा गर्दिए
8.
अब मुर्दा पनी बोल्छ भने
प्रेम को ढोका खोल्छ भने
पैसा ठुलो कि माया हो
पानी नी ले पनी पोल्छ भने
9.
भगवान होईन म जस्को आफ्नै महिमा हुन्छ
आकाश पनी होईन म जस्को आफ्नै गरिमा हुन्छ
धर्ती पनी चिरिन्छ ज्बालामुखि बनी
किनकि सहनु पनी एउटा सीमा हुन्छ
10.
जो बिगार्छ उहि महान हुन्छ
उस्कै बंगला आलिशान हुन्छ
म यस्तो देशमा बस्छु मीत्र
जहाँ भ्रष्टलाई राष्ट्रिय सम्मान हुन्छ
11.

केहि गरेर देखाउने प्रतीशोध हुनुपर्छ
नचाहिदो प्रस्ताबमा बिरोध हुनुपर्छ
कलीयुगका बुद्ध उ नै कहलीन्छ
जस्लाई स्वयंमको गल्ती पनी बोध हुनुपर्छ
12.
आमा रुवाउदै सन्तान रमाएको पनी देखे
रगतको होलीमा ईन्शान रमाएको पनी देखे
यो कस्तो खुसि हो पराधीन हुनुमा
ग्रीनकार्डमा जवान रमाएको पनी देखे
13.
शिक्षकले गलत पढायो भने
गलत शिष्य बढायो भने
ईटको जवाफ पथ्थरले दिनुस
हेप्छन नत्र डरायो भने
14.
बेलैमा होस गर्नुस पछुताउनु पर्ला
बेर्थैमा आशुँ रसाउनु पर्ला
ह्दय खोली नदेखाउ सबैलाई
नत्र आफ्नै ज्यान गुमाउनु पर्ला
15.
जीन्दगीको यो कस्तो अशुल भैदिन्छ
म खोज्छु जीउन उ मृत्युकै अनुकुल भैदिन्छ
आफसोच म त्यो झर्ने फूल पनी भैन
किनकि फूल झरेर हज्जार फूल भैदिन्छ


Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger